आर्थिक

टिप्पणी : अर्थतन्त्रको अवस्था बारे अर्थमन्त्रीको आशा

हेमन्त जोशी/रासस काठमाडौँ । ‘अर्थतन्त्रमा दशकौँदेखि थपिँदै आएका समस्या र विसङ्गतिको पहाडलाई एकै धक्का/मुक्काले ढाल्न सकिँदैन । यसका लागि समय लाग्छ । सरकारले सुधारको प्रयास गरिरहेको छ । आर्थिक सूचकहरु सुधारोन्मुख छन्’, अर्थमन्त्री डा प्रकाशशरण महतले आज आयोजना गर्नुभएको सञ्चारकर्मीसँगको अन्तक्र्र. . .


नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ६० अङ्कले बढेर एक हजार नौ सय ८८ दशमलव चारको विन्दु कायम भएको हो । आज नेप्सेमा दुई सय ९२ कम्पनीको एक करोड २० लाख ९५ हजार पाँच सय ३९ कित्ता शेयर ८१ हजार चार सय ५१ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ९�. . .


हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओ खुल्यो

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओमा आजदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणका लागि प्राथमिक शेयर बिक्रीमा ल्याएको हो । १० अर्ब रुपैयाँ बराबरको जारी पुँजीको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको आई. . .


अलैंचीको मूल्य बढ्यो

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन रु २५ हजारसम्म झरेको थियो । पछिल्लो �. . .


नेप्से परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक एक दशमलव ८९ प्रतिशतले बढेर एक हजार नौ सय ८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो । आज विभिन्न दुई सय ९७ कम्पनीका एक करोड २४ लाख ६३ हजार एक सय ६८ कित्ता शेयर ९५ हजार चार सय ३३ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३० क�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४० अङ्कले ओरालो लागेर एक हजार नौ सय ४८ दशमलव ५७ मा सीमित भएको छ । आइतबार भएको उच्च अङ्कको वृद्धि आज भने कायम हुनसकेन । ठूला कम्पनीको कारोबारमापन गर्ने स. . .


घट्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो। छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार एक लाख १७ हजार ५०० रुपैया�. . .


सरकारले फिर्ता गर्‍यो चार अर्ब ५८ करोड कर

काठमाडौं । सरकारले चार अर्ब ५८ करोड रुपियाँ कर फिर्ता गरेको छ । मूल्य अभिवृद्धि कर छुटको सुविधा प्राप्त गरेको कूटनीतिक निकाय, कूटनीतिज्ञ, क्रेडिट, निकासी र अर्थ मन्त्रालयले छुट प्रदान गरेका अन्तर्राष्ट्रिय संस्थालाई गत आर्थिक वर्ष २०७९/८० को सो रकम बराबरको मुअकर फिर्ता गरिएको हो । अर्थ मन्त्रालय मा�. . .


नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ । आजको कारोबारपछि परिसूचक एक सय ११ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ को विन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।   आज दिउँसो ११ बजेर पाँच मिनेटमा नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थ�. . .


मोरङको झोराहाटमा एक अर्ब लगानीमा खुल्यो पेलेट दाना उद्योग

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा एक अर्ब लगानीमा नयाँ उद्योग सञ्चालनमा आएको छ । दाना उत्पादनमा नवीनतम् प्रविधिलाई आत्मसात् गर्दै नेपाल वेलहोप एग्री–टेक प्रालिले पेलेट दाना उद्योग सञ्चालनमा ल्याएको हो । व्यावसायिक घराना वैद्य अर्गनाइजेसन र चिनियाँ वेलहोपको संयुक्त लगानीमा स्था. . .


मुस्ताङबाट ४९ करोडको स्याउ निकासी

म्याग्दी । मुस्ताङबाट यस वर्ष रु ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ । स्याउ जोन मुस्ताङक�. . .


प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

काठमाडौँ । यस वर्षको वर्षायाममा रु १५ अर्ब २४ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले यस वर्षको जेठदेखि २० मङ्सिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख �. . .