आर्थिक

सिटीजन लाइफ इन्‍स्‍योरेन्‍सको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा बुधबारदेखि सूचिकृत भएको छ । कम्पनीको शेयर सिएलआई सिम्बोलबाट सूचिकृत भएको हो । कम्पनीको चुक्ता मुल्य १ सय रुपैयाँ कायम भएको ३ करोड ७५ लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल �. . .


दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० अङ्कमा कायम भएको छ । विभिन्न कम्पनीका ७० लाख ६१ हजार चार सय चार कित्ता शेयर रु एक अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ मा कारोबार भएका छन् । आज सबै समूहको उपसूचकमा रातो देखिएको छ । आजको कारोबारमा मनकामना इन्जिनियर�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ४५ अङ्कले बढेर दुई हजार २२ दशमलव ९१ को बिन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका दुई सय ८६ कम्पनीको ८७ लाख चार हजार चार सय ७७ कित्ता शेयर ७८ हजार छ सय १६ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब नौ कर. . .


घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य आज घटेको छ । सुनको मूल्य आज तोलामा चार सय र चाँदी ३० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको मूल्य आज तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी , चाँदी तोलाको १ हजा. . .


सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८९ अङ्कले घटेर दुई हजार चार दशमलव ४५ को बिन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका ६५ लाख १६ हजार छ कित्ता शेयर रू एक अर्ब ५६ करोड ५५ लाख ७३ हजार चार सय ७१ बराबरमा कारोबार भएका छन् । आजको का�. . .


दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने रू २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ । भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार दुई महिनामा मुलुकले कुल रू दुई खर्ब ८६ अर्ब १९ करोडको वै�. . .


दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार दस दशमलव ३५ अङ्क कायम भएको छ । आज दुई सय ८५ कम्पनीको ९० लाख तीन हजार नौ सय ४१ कित्ता शेयर ८१ हजार १० पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ३२ करोड ६८ लाख ९५ हजार दुई सय छ बराबरको �. . .


साताको शेयर बजार : चार दिनमा सात अर्ब ३६ करोड बढीको कारोबार

काठमाडौँ । यो हप्ता शेयर कारोबार मापक नेप्से परिसूचक पहिलो दिन उच्च अङ्कले घटी बाँकी तीन दिन लगातार बढेर बन्द भएको छ । यो साता कूल चार दिनको कारोबारमा रू सात अर्ब ३६ करोड ९५ लाख ११ हजार आठ सय ९३ मूल्य बराबरको धितोपत्र खरिद बिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा साताकोे कारोबार. . .


विराटनगरको एउटा कार्यक्रम, जहाँ आठ उद्यमीलाई २० करोड लगानी प्रतिवद्धता

विराटनगर । लगानी सम्मेलन र समारोहका औपचारिकता तोड्दै विराटनगरमा बिहीबार भएको एउटा कार्यक्रममा कोसी प्रदेशका आठवटा क्षेत्रका नवउद्यमीलाई २० करोड रुपिँया लगानीको प्रतिवद्धता सार्वजानिक भएको छ । उद्यमशिलताको विकास र प्रबर्द्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसँगको सहकार्यमा आध्यन्�. . .


नेप्से परिसूचकमा उत्साहजनक वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ अङ्कमा कायम भएको छ । आज विभिन्न दुई सय ७८ कम्पनीका एक करोड १२ लाख ६४ हजार तीन सय नौ कित्ता शेयर एक लाख १९ हजार तीन सय ५९ पटक खरिदबिक्री हुँदा रु तीन अर�. . .


विराटनगरका मेयर नागेश कोइरालाको गुनासो–सीमा कडाई नगर्न माननीयले अर्थमन्त्री भेटे, कसरी व्यापार बढ्छ

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जोगबनीका कारण विराटनगरको व्यापार चौपट्ट भएको गुनासो सम्बोधन गर्न अनिवार्य भन्सारको नियम लगाउन आफूले पहल लिएपनि त्यसलाई निस्तेज पार्न अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेसम्मका काम भएको गुनासो गरेका छन् । विराटनगरमा बिहीबार आयोजित लगानीकर्त. . .


निक्षेप र कर्जा घट्यो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घटेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको २०८०/८१ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार साउनमा निक्षेप परिचालन २.३ प्रतिश. . .