विशेष

रामेछाप बस दुर्घटना : मृत्यु हुने १२ मध्ये ११ जनाको पहिचान खुल्यो

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार बिहान बस खस्दा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन् । दुर्घटनामा परी केह�. . .


मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, सुरक्षा टोलीद्वारा मतदान केन्द्र अनुगमन

विराटनगर । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित ढंगले सम्पन्न गराउन मोरङ जिल्लामा तयारी तीव्र पारिएको छ । मुख्य निर्वाचन अधिकृतको टोलीसहित मोरङका सबै सुरक्षा निकायहरू निर्वाचन लक्षित अनुगमनमा सक्रिय भएका छन् । जिल्लाभर रहेका मतदान केन्द्रहरूको अवस�. . .


चोरले दुःख दिएपछि मोरङ क्याम्पस विराटनगरमा विद्यार्थी–कर्मचारी र शिक्षकका लागि पोशाक अनिवार्य

विराटनगर। चोरेले पार्किङ्गमा राखेका साइकल चोरेर दुःख दिएपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर अनाधिकृत व्यक्तिलाई प्रवेश निषेध गरेको छ । यदि विद्यार्थी, कर्मचारी र शिक्षक बाहेकका व्यक्ति प्रवेश गर्दा भिजिटर पास लिनुपर्ने भएको छ । क्याम्पस परिसरमा प्रवेश गर्न विद्यार्थी, कर्मचारी र श�. . .


सौर्य एयरलाइन्सले पायो अनुमति, फागुनमध्यदेखि विराटनगर र भद्रपुर उडान

विराटनगर । सौर्य एयरलाइन्सले पुनः उडान अनुमति पाएको छ । २०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको जहाज दुर्घटनामा परेसँगै सौर्यका सबै उडान रोकिएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सलाई पुनः उडान अनुमति दिएको हो । नेपाल सरकारद्वारा गठित हवाई दुर्घटना तथा जाँच�. . .


उद्योग संगठन ५८ औं वर्षमा : विराटनगरमा सिआईएम एक्स्पीरीयन्स जोन र विराटबजार प्लेटफम शुभारम्भ

विराटनगर । उत्पादनमूलक उद्योग तथा व्यवसायको हकहित संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ वि.सं. २०२४ सालमा स्थापना भएको उद्योग संगठन मोरङ ५८ वर्षमा प्रवेश गरेको छ । आफनो ५८ औ स्थापना दिवसको अवसरमा संगठनले सञ्चालन गर्दै आएका कार्यक्रम तथा पहलहरूलाई शोकेस गरेको थियो । कार्यक्रममा संगठनका अध्यक्ष न�. . .


जन्तेढुंगामा विवाह भोज खाएकालाई ‘फुड पोइजन’ !

विराटनगर । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित निगालबासमा सामूहिक झाडापखालाको प्रकोप देखिएको छ । स्थानीय विवाह भोजमा सहभागी व्यक्तिहरूमा एकैसाथ झाडापखाला, वान्ता, ज्वरो तथा टाउको दुखाइका लक्षण देखापरेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन् । गत माघ २१ गते आयोजित एक विवाह कार्यक्रममा करिब. . .


मन्थलीको लिलौटी क्षेत्रमा बस दुर्घटना हुँदा नौं जनाको मृ*त्यु

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा नौं जनाको ज्यान गएको छ । काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यात्रुबाहक बस मंगलबार बिहान अन्दाजी ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा . . .


बालेनले सप्तरीदेखि सिराहा, धनुषा हुँदै महोत्तरीसम्मको यात्रा गर्ने

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आज(मंगलबार) मधेश प्रदेश केन्द्रित दौडाहामा निस्किएका छन् । मधेशका जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु भएको यो यात्राअन्तर्गत बालेनले आज सप्तरीबाट यात्रा सुरु गर्दै सिराहा, धनुषा हुँदै महोत्तरीसम्म पुग्ने कार्यक्रम रहेको छ । य�. . .


आठ लाख बराबरको क्यामेरा भाडामा लगेका बाबुछोरा सम्पर्कबिहीन

काठमाडौैं । पछिल्लो समय काठमाडौंमा क्यामेरा चोरी तथा ठगीका घट्नाहरु बढिरहेका छन् । इलाम नगरपालिका–४ घर भइ हाल ललितपुरको इमाडोलमा बस्दै आएका १९ वर्षीय दिक्षान्त दुलाल नाम गरेका व्यक्तिले फिल्म क्रू नेपाल प्रालिबाट भाडामा क्यामेरा लिने सम्झौता गरी क्यामेरासहितका सामग्री लगेर हालसम्म फिर्ता नगरे. . .


मोरङ सुन्दरहरैँचाबाट पेस्तोल र २ थान वाकी टकी सहित प्रेम र सिलास पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचाबाट पेस्तोल र भरुवा बन्दुकसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बू र सुन्दरहरैँचा–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् । दुवै जनालाई सोमबार साँझ ६ बजेतिर इलाका प्रहरी कार्यालय बेलबार�. . .


एसियाली संघ गठनदेखि राष्ट्रिय नीति सुधारसम्म : स्वामी आनन्द अरुणको सात बुँदे साझा राष्ट्रिय एजेन्डा

काठमाडौँ । काठमाडौँस्थित ओशो तपोवनका संस्थापक तथा आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणले नेपालका सबै राजनीतिक दललाई दीर्घकालीन राष्ट्रिय हित केन्द्रमा राख्दै साझा नीति अवलम्बन गर्न आग्रह गरेका छन्। उनले युरोपेली युनियनको अवधारणाबाट प्रेरित हुँदै एसियाली संघ गठनको पहल नेपालले लिनुपर्ने र �. . .


उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टी(उनेपा)का अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलन पछि विकल्पको रुपमा आएको सबैभन्दा नयाँ पार्टी भनेको उनेपा भएको बताएका छन् । सोमबार उनेपाबाट काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवारको घोषणा पत्र सार्वजनिक कार्यक्रममा उनले जनताले विश्वास गरेको, माया गरेको पार्टी भनेको उज्य. . .