पत्रकारहरुको क्षेत्रिय स्तरको विरोध सभा विराटनगरमा

पत्रकारहरुको क्षेत्रिय स्तरको विरोध सभा विराटनगरमा

विराटनगर १५ असार । पत्रकार खिलानाथ ढकाललाइ आक्रमण गर्ने मुख्य आरोपी पर्शुराम वस्नेतलाइ पक्राउ नगरेको विरोधमा पत्रकार महासघ मोरङले क्षेत्रिय स्तरको विरोध सभा विराटनगरमा गरेको छ ।
गृह मन्त्रि  कृष्ण बहादुर महरा सुरक्षा समितीको बैठकमा भाग लीन आएको बखत सुरक्षा समितीको बैठक चलीरहेको उद्योग संगठन मोरङ अगाडी विरोध सभा गरिएको हो । नेपाल पत्रकार महासघ मोरङको कार्यलयवाट निस्कीएको र्यालीले बजारका विभीन्न भागको परिक्रमा पश्चात उद्योग सगठन अगाडी गएर विरोधसभामा परिणत भएको सभालाइ सम्वोधन गर्दे नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य तथा पुर्वाञ्चल संयोजक मोहन काजी न्यौपानेले पत्रकारमाथी आक्रमण भएको २३ दिन वितीसक्दा समेत सरकार र तीनका प्रतीनीधिहरु बिराटनगरमा आएर भोज लगाउदै नाटकको मन्चन गरिरहेको र डनहरुको घेराभित्र गृहमन्त्री नाटकको नयक भइरहेको वताउनुभयो । उहाले नटक बन्द हुनुपर्ने भन्दै गुण्डाहरुले आक्रमण गरेपछि त्यस्को प्रतीरोध हुने र पत्रकारहरु आक्रमणको प्रतीरक्षा र प्रतीरोध गरिरहेको बताउनुभयो उहाले गृह प्रसासनकै छाता मुनी बसेको अपराधि पक्रन नसक्ने गृहमन्त्रीलाइ एक मिनेट पनि पदमा बस्ने अधिकार नभएको भन्दै पद छाडन अनुरोध गर्नुभएको थियो ।
न्योपानेले पर्शुराम ठुला पर्शुराम र महापर्शुरामहरुले विराटनगरसम्मे आएर पत्रकारलाइ धम्क्याएको र अपराधि र तीनका मतीयारहरुलाइ धन्यवाद दिएको भन्दै त्यसप्रती आपती जनाउनुभएको छ । उहाले लोकतन्त्र पछाडी ९ जना पत्रकारको हत्या भएको ,३१ वटा आक्रमण भएको र महासघको नया नेतृत्व आएपछि ९ वटा आक्रमण भएको तथ्य सार्वजनीक गर्दै महासघ पत्रकारका हकहितमा भन्दा आन्दोलमानै ब्यस्त रहनु परेको बाध्यता रहेको बताउनु भयो ।
न्यौपानेले  वत्रकार महासघ भित्रै अपराधिका मतीयारहरु रहेको छनक मिलेको भन्दै तीनीहरुलाइ कुनैपनि हालतमा नछोडीने बताउनुभयो । कार्यक्रमलाइ सम्वोधन गर्दे केन्द्रिय सदस्य प्रकाश चन्द्र परियारले स्थानीय प्रशासनलेनै समाधान गर्ने सक्ने समस्यालाइ राज्य रु सरकारले समाधान गर्न नसक्नु  र एउटा सामान्य अपराधिलाइ पक्राउ गर्न नसक्नुले सरकार निकम्वा भएको पुष्ठि गरेको बताउनुभएको छ । यस्ले सरकार पत्रकारलाइ निरिह प्रणीको रुपमा रहेको प्रमाणित गर्न खोजेपनि तर कलम सरकार र बन्दुक भन्दा धेरै शक्त्तीशालि भएको बताउनुभयो ।
कर्यक्रमलाइ महासघका केन्द्रिय सदस्य सिद्धराज राइ ,प्रेश युनीयनका केन्द्रिय अध्यक्ष किरण पोखरेल,प्रेश चौतारिका महासचिव विष्णु रिजाल ,क्रान्तिकारि पत्रकार सघका केन्द्रिय सचिवालय सदस्य बिष्णु सापकोटा, महासघका सप्तरि अध्यक्षय धिरेन्द्र शाह,सुनसरि अध्यक्षय केशव घिमिरे,झापाका सचिव दिवेनवाला राइले सम्वोधन गर्नु भएको थियो । उहाहरुले आन्दोलन अपराधिलाइ कार्वाहि नभएसम्म निरन्तर जारि रहने भन्दै दण्डहिनताको अन्त्य नभएसम्म निरन्तर लडीरहने बताउनुभयो ।
त्यस्तै पत्रकारको आन्दोलनलाइ एक्यबद्धता जाहेर गदै स्वतन्त्र नागरिक समाजका अध्यक्ष दुर्गा सुवेदि,संयुक्त् टोल संगठन नगरसमन्वय समितीका सचिव गोविन्द भटराइ ,मजदुर नेताहरु तेजलाल कर्ण,विपीन कर्ण,गोपाल शर्मा लगायतले मन्तब्य राख्नुभएको थियो ।  यस अघि बिहान पत्रकारहरुले सुर्क्षा समितिको बैठक स्थल उद्योग संगठन मोरंग प्रवेश गर्ने बेलामा गृह मन्त्रि कृष्णबहादुर महरालाइ बहिष्कार गरिएको जानकारी गराउदै प्ले कार्ड देकाइ नाराबाजी गरेका थिए |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्