कर्मचारीको आन्दोलन स्थगित

कर्मचारीको आन्दोलन स्थगित

विराटनगर ६ साउन । सरकारले हालै बढाएको तलव मान समान नभएको तथा केहि पहिले देखिनै उठादै आएका मागहरुलाइ संबोधन नगरेको भन्दै आन्दोलनमा उत्रीएका कर्मचारिहरुले आन्दोलन स्थगीत गरेका छन । विगतमा कर्मचारिले राखेका संचयकोषको रकम झिक्दा लाग्ने ब्याज खारेजि गर्नुपर्ने, अस्थाइ करारमा रहेका कर्मचारि लाइ स्थाइ सरह पोसाक भत्ता दिनुपर्ने भर्खरै बढेको तलब मान समान गरिनुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रीएका कर्मचारिले गृह मन्त्री कृष्ण बहादुर महराले बार्ताको आबहान गरेर विज्ञपती निकाले पछि बार्ताका लागी सकारात्मक भएको भन्दै आन्दोलन स्थगीत गरेको कर्मचारि नेताहरुले जनाएका छन ।
गत साउन १ गते देखि देशभर आन्दोलनमा उत्रीएका नेपाल राष्टिय कर्मचारि संगठन, राष्टिय स्वतन्त्र कर्मचारि मिलन केन्द्र र सरकारि तथा संस्थान सवारि चालक एसोसिएसन का कार्यकतर्टाहरुलाइ देर्सभर प्रहरिले दैनीक गिरफतार गरि साझ छाडदै आएको थियो, कर्मचारिहरुले शान्ति पुर्ण आन्दोलनमा प्रहरि हस्तक्षेप भएको भन्दै भर्तसना  गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्