पूर्वाञ्चलमा आइटीको सम्भावना र चुनौती विषयक कार्यक्रम आयोजना हुने

पूर्वाञ्चलमा आइटीको सम्भावना र चुनौती  विषयक कार्यक्रम आयोजना हुने

 बिराटनगर/ २९ श्रावण  |   पूर्वाञ्चालमा आइसिटी सम्वनधी कार्यक्रमहरु खासै नभइरहेको अवस्थामा केहि समय अघिदेखि यसले तिब्रता पाउन थालेको छ । बिराटनगरमा इस्ट आइटी कम्युनिटीले यस्ता केहि कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । मोफसलबाट पहिलो आइसिटी विशेष म्यागजिन ‘लिभिङ विथ आइसिटी’ म्यागजिन  प्रकाशन गरिरहेको यस सस्थाले बिएफएमसँगको सहकार्यमा साउन ३० गते सोमवार एक वृहत कार्यक्रमको आयोजना गर्ने भएको छ ।
विराटनगरको लोकप्रिय एफएम B fm मा सञ्चालनमा रहेको रेडियो कार्यक्रम ‘लिभिङ विथ आइसिटी’को दोस्रो वार्षिक उत्सवको अवसर पारेर ‘पूर्वाञ्चलमा आइसिटी स् सम्भावना र चुनौती’ नामक वृहत अन्तकृयात्मक कार्यपत्र प्रस्तुतीको कार्यक्रम रहेको छ । यस कार्यक्रममा पूर्वाञ्चल क्षेत्रमा रहेर सूचना प्रविधिको विकास र विस्तारमा लागिरहेका विभिन्न व्यत्तिहरुले भिन्ना भिन्नै १० कार्यपत्रहरु प्रस्तुत गरिने भएको छ ।
आइसिटी व्यवसाय, बैकिङ, सफ्टवेयर, वेबसाइट, डाटा सेक्युरिटी, मिडियामा आइटीको प्रयोग, आउट सोर्सिङ, इन्टरनेट प्रविधि, ई(कम्युनिटी लगायतका दश कार्यपत्रहरु उक्त कार्यक्रममा प्रस्तुत हुने आयोजक सस्था इस्ट आइटी कम्युनिटी तथा लिभिङ विथ आइसिटीका सम्पादक राजन लम्सालले जानकारी गराएका छन् । उक्त कार्यक्रममा प्रस्तुत कार्यपत्रहरुलाई एक दस्तावेजको रुप दिई आइसिटी म्यागजिनमा समेत प्रकाशन गरिने भएको छ ।
उक्त कार्यक्रमले अब पूर्वाञ्चलमा आइसिटीको सम्भावनालाई पहिचान गरि सूचना प्रविधिका क्षेत्रमा योजनाबद्ध कार्यक्रमहरुको सुरुवात गर्नेमा पूर्वाञ्चलका आइटी क्षेत्रमा काम गरिरहेका व्यत्तीहरु आशावादी भएका छन् । उक्त कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधीको पनि उपस्थिती रहने छ । उक्त कार्यक्रमलाई द्यँःढज्ञ।द्द ले प्रत्यक्ष प्रशारण समेत गर्नेछ । बिएफएम र इस्ट आइटी कम्युनिटीले आयोजना गरेको उक्त कार्यक्रममा क्यान मोरङ, मेगाटेक, टेक्नो इम्पेक्स, कम्प्युटर वल्र्ड, इस्कन इन्फोसिस, मदन भण्डारी स्मृती प्रतिष्ठान, श्री कम्प्ययुटर, माइक्रो अफिस अटोमेसन, बिराट इन्फोटेक, स्टारवेब इन्फोमेडिया, लिभिङ विथ आइसिटी म्यागजिनले स्पोन्सर्ड गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्