दिगो विकासको आवश्यकता त्यतिखेर महशुस गरियो जतिखेर पश्चिमा देशहरुमा भएको आर्थिक बिकासको कारण चरम उपभोग संस्कृतिको बिकास भयो यो समय लगभग १९६० तिरको हो । पश्चिमा देशहरुमा त्यतिबेला प्रविधीको बिकास व्यापक रुपमा सुरु भएको थियो तर प्रबिधी बिकास अर्थ मैत्री मात्र थियो । प्रबिधी बिकास गर्दा वातावरणलाई गौण मानियो कारण त वातावरण र प्राकृतिक श्रोतहरुका गुणहरुमा बिस्तारै ह्रास आउन थाल्यो । बाबजुत बिभिन्न प्राकृतिक प्रकोप,महामारी र सामाजिक समस्याले विश्व ग्रसित हुदै जानथाल्यो । फलस्वरुप दिगो बिकासका अवधारणाहरु समाजशास्त्री र विकास विदहरुले अगाडी ल्याउन थाले । उनिहरुले ल्याएको दिगो बिकासको अबधारणाहरुलाई बिश्वले तत्काल पत्याएन । सार्वजनिक भएका दिगो विकासका अबधारणाहरु र प्रकृति र बातावरणमा आएको नकारात्क परिर्वतहरुको सामजस्यताको महसुस पश्च्यात विश्ब ले दिगो विकासका अवधारणाहरुलाई बहसमा ल्याउन थाल्यो । स्विडेनको राजधानी स्टकहोममा मानव र वातावरण बिषयक बिश्व सम्मेलनले स्वच्छ बातावरणमा बाच्न पाउनु मानवको अधिकारहो भन्ने निस्कर्ष निकाले पछि भने द्रुत गतिमा प्रबिधीको बिकास तर्फ लागिहरेका देशहरुलाई भने चुनौति थपियो । यस संग सगै दिगो बिकासको बारेमा विश्वव्यापी चासो बढ्दै गयो । सन् १९८७ मा सयुक्त राष्ट्र संगद्धारा बातावरण र बिकासकालागि गठित आयोगले भबिष्यका पुस्ताको बाच्न पाउने आधारलाई खलल नपुर्याई वर्तमानका आवश्यकता पुरा गर्नु नै दिगो बिकास भएको निक्र्योल गरेपछि भने बिकशित देश हरुको आखाँ खुल्यो ।
दिगो बिकासकालागि आधारभुत परिस्थितीहरु आकंलन नगरी बिकशित देशहरुले पछ्याएका दिगो विकासका अवधारणाहरुलाई अन्धधुन्द अनुसरणगरका ले हाल दिगो बिकासको नारा विकाश उन्मुख देशहरुलाई बाख्राको मुखमा कुभिण्डो भयो । बिश्ले अनुसरण गरेको अवधारणालाई अनुसरण नगरु त उनिहरुकै निगाहा बाच्नु परेको छ गरु त सामाजिक,आर्थिक र बातवरणीय सचेतनाको स्तर आफू संग न्यून छ । कारण त दिगो विकास नेपाल जस्ता राष्ट्रहरुलाई न खाउ भने दिन भरीको सिकार खाउ भने कान्छा बा को अनुहार भएको छ ।
राजनैतिक सक्रमण, जिर्ण अर्थ तन्त्र र परम्परागत सामाजिक मान्यताहरु नेपाल जस्ता देश हरुलाई दिगो विकासका लागि अवरोधहरु भएका छन् । सामाजिक न्यायको अभाव, केन्द्रीकृत निर्णय प्रकृया ,अबैज्ञानीक सासन प्रणाली,राजैनितक अस्थिरता,परम्परागत उत्पादन प्रविधी, अविस्तारित वजार दिगो विकासका कठिनाईहरु हुन् भने कुरिती,भाग्यमा बिश्वास गर्ने सामाजिक मान्यता, जात र रंगको आधारमा हुने सामाजिक भेदभाव,महिला तथा पिछडीएका बर्गलाई समान हैसियत प्रदान गर्न हिचकिचाहाट आदीको कारणले गर्दा दिगो विकास नेपाल जस्ता देशहरुमा दु्रत गतिले अगाडी बढ्न सकेको छैन ।
दिगो बिकासको मुल भुत सार के हो भने कालान्तर सम्म प्राकृतिक श्रोतका गुणहरु उपभोग गर्न सक्ने बनाउनु , आफैमा धान्न सक्ने खालाका बिकास प्रकृयाहरुको अबलम्वन गर्नु, प्रबिधीको बिकास गर्दा पर्यावरण र बातावरण मैत्री हुनु पर्ने, प्राकृतिक गुणहरुको उपयोग बाट आर्थिक सम्पन्ता हासिल गर्नुकासाथै प्राकृतिक श्रोतका गुणहरु भावि पुस्ताले पनि प्रयोग गर्न सक्ने खालको बातावरण तयार गर्नु हो । झट्ट हेर्दा दिगो विकास अवधारणाले प्रकृतिको संरक्षणमा बिषेश जोड दिएको जस्तो देखिएता पनि गरिबि निवारण र असमानताको अन्त्य गरि समुन्नत बिश्व निमार्ण गर्नु यसको उद्येश्यहरु रहेको पाइन्छ ।
बिकास उन्मुख देशहरुले दिगो बिकासका बिश्वव्यापी मान्यताहरुलाई अंगिकार गर्दै आफ्नो परिबेश,आर्थिक अवस्था,पर्यावरणीय परिस्थिती,समाजिक र राजनैतिक अन्तर बस्तुमाका आधारमा दिगो बिकासका अबधारणहरुलाई आफू अनुकुल अगाडी बढाएमात्र लक्ष्य प्राप्ती गर्न सक्ने छन् नत्र भने दिगो बिकास नेपाल जस्ता देशहरुकालागि छितीज पारीको सौन्दर्य मात्र हुने छ र यो एउटा नारामा मात्र सिमित रहने छ । राजनैतिक सक्रमणको जालोमा जेलिएको नेपालकालागि हाललाई दिगो विकास अर्को टाउको दुखाईको बिषय बनेको छ । यावत समस्याहरुको निराकरणका उपायहरु एकै चोटी खोज्दा विश्वव्यापी मान्यता र अबधारणाहरु खुम्चीन सक्छन् । त्यसैले विस्तारै विस्तारै कुरोको चुरो नछोडीकन दिगो बिकासका अबधारणाहरुलाई ब्यवहारीक बनाउदै लानु पर्दछ । यसकालागि राज्य संचालक,रानितीक पार्टी र सम्पूर्ण जनताहरुनै लाग्नु पर्दछ । कसैले गर्देला र खाउला भनेर हात बाधी बस्नेहो भने बिश्वले हामीलाई निकै पछाडी छोड्ने छ फलत हाम्रा समस्याहरु ज्यूका त्यू रहनेछन् भने हाम्रा भावि संन्ततीहरु विश्ववजारमा प्रतिस्पर्धा गर्न सक्ने छैनन् । यसो भन्दैमा चरम आर्थिक बिकास भएका देशहरुको हो मा हो मिलाउदै उनिहरु संगै दौडनु पर्छ भन्ने छैन । आफू सुहाउदो र आफूले थेग्न सक्ने र कालान्तर सम्म उपभोगकालागि योग्य बातावरण मैत्री प्रबिधीहरुको बिकास गर्नु पर्दछ । विकास उन्मुख देशहरुको आर्थिक हैसियत बिश्व बजारमा आएका प्रबिधीहरुको उपभोग र प्रयोग गर्न सक्ने खालको छैन । त्यसो भएको हुदा स्थानिय ज्ञानहरुलाई बैज्ञानीक ज्ञानसंग समायोज गराई प्रबिधीहरुको विकास गर्नेहो भने हामी पनी दिगो बिकासका लक्ष्य र उद्येश्यहरुलाई हासिल गर्न सक्छौ र प्रबिधीकोलागि आर्थिक भार समेत खेप्न पर्दैन । उच्च बैज्ञानीक प्रबिधी अंगिकार गर्नु मात्र ठूलो कुरा हैन त्यो प्रबिधीलाई हाम्रो माटो सुहाउदो रुपमा संचालन गर्नु पनि चुनौति हुनेछ । कारणत प्रबिधीको संचालनकालागि हाम्रो ठूलो आर्थिक हिस्सा बिदेशिने छ । हामी जहिल्यै ज्यू का त्यू रहेने छौं । त्यसैले संक्रमण कालमा दिगो बिकासका सम्भाव्यता बिषयमा बहस निक्र्योलकालागि आजै देखि अभियान छेड्न टड्कारो अवस्था रहेको छ ।