म त ठूलो मान्छे बन्न सकिन : तपाइ नी…?

म त ठूलो मान्छे बन्न सकिन : तपाइ नी…?

घटना तथा पात्रहरु यर्थाथ हुन कसैको जिवन संग मेल खान गएमा संयोग मात्र हुने छ ।

बिश्वका चर्चित व्यक्तिहरुमा भएका भन्दा धेरै गुणहरु म संग छन्,
तरै पनि म ठूलो मान्छे हुन सकिन ।
आइन्सटाइन भन्दा भुलक्कड छु,
स्टेफन हकिन्स भन्दा रोगी छु,
महात्मा गान्धीको भन्दा धेरै तालु खुइलिएको छ,
पप किङ बम मार्लिन भन्दा धेरै गाजा पिउछु,
तर खोइ त म ठूलो मान्छे हुन सकिन ।

मोवाइलको फुटेजमा निलो दातबाट आयात गरिएको अन्जान मित्रका भावना हुन माथीका । भावना उनले कोरेपनि मेरो जिवनमा सोह्रै आना मिलेका छन् त्यसैले उध्रित गर्न चाहे । बालखमा बा,आमा,मामा, मास्टर, मास्टरनी सबैले पछि गएर ठूलो मान्छे बन्नु पर्छ भनि अर्तिका महात्म्य फलाके तर अह कसैले पनि भनेनन् हुने कसरी ठूलो मान्छे । ठूलो मान्छे हुने ध्याउन्नमा के के मात्र गरिए सम्झीएर ल्याउदा पनि आङ सिरिङ हुन्छ । गर्न हुने पनि गरियो नहुने पनि गरियो । हुने पनि खाइयो नहुने पनि खाईयो तर अह केहि लछारपाटो लागेन खै कसै गरे पनि ठूलो मान्छे भइएन । देखे जति र सुने जति सबै गरियो तर अह लक्षण केही पनी देखिएन । ति ठूला मान्छे ठूला भए कसरी ? कुराको चुरो नबुझेर अक्क न बक्क भै ..........पापा हेरे जस्तो टोलाएर बसि रहेको थिए झल्यास्स दिमागमा आए ब्रुस्ली । म पनि उनको सच्चा अनुयायी भए । बाटामा,घाटमा,गोठालामा अन्धधुन्द ठटाउदै हिड्न थालियो । एक दिन भुसतिघ्रेको फेला परिएछ करङ जति सबै गन्यो । लु बाब्बै यसरी ज्यानै माया मारे ठूलो मान्छे हुनु भन्दा त भनेर सुइकुच्चा ठोकियो । ठूलोमान्छे हुन के के गरिएन, राजेश हमालको जस्तो कपाल पालियो,रामदेवको जस्तो दारी पालीयो,हुदा खादाको पेन्ट कहिले घुडामा त कहिले चाकमा टालीयो उहु तर केही र कसै गर्दा पनि भइएन ठूलो मान्छे । ठूलोमान्छे हुने सिकोमा स्वेत लम्म चुसिका (सिगरेट) डब्बानै उडाइयो, टुर्बोग सिरफका कार्टुन सिनित्तै पारियो कारणत भुडी ठूलो भयो,तिघ्रा ठूलाभए,ऋण ठूलो भयो तर अह मान्छे ठूलो हुन सकिएन । त्यसै गुडगुडीमा कुदेर ठूलोमान्छे होइन्छ त गघा पठ्नु पो पर्छ त भनेर बाले झाँको झारे । अब भने बल्ल समस्याको समाधान हुने भन्दै मख्ख परियो । फेरी फसाद पठ्न त पठ्ने तर के र कती पढ्दा होइन्छ ठूलो मान्छे त्यो चाँही भनेनन् सुड्डो ले । आ जे सुकै होस् भनेर पठ्न थालियो । के के मात्रै पढिएन सोनो किताव, ठूलो किताव, पुराण, महाभारत, रामायण, उपन्यास, कथा, कविता, गित, निबन्ध कति पढीयो पढीयो । पढ्न त केहि पनि बाँकी राखिएन स्लि पनि पढीयो अस्लि पनि पढियो किताबका चाङ ठूला भए तर मान्छे ठूलो हुन सकिएन ।

संसारका धेरै मान्छेबाट ठूलो मान्छे बनेकाछन् भन्ने सुरेर तिनीहरुको इतिहास देखि बर्तमान्् सम्म सबै कन्ठनै गरियो सोच्ने सक्ती ठूलो भयो,सहर बढेर ठूलो भयो,उमेर वढेर ठूलो भयो,दारी बढेर ठूलो भयो अह म कहिल्यै ठूलो मान्छे हुन सकिन । सरआइज्याक न्यूटनले रुखवाट स्याउ खसेको देखेर ठूलो मान्छे भएरे,मैले पनि बारी रुखवाट स्याउ झरेको,कान्लाका ठूल ठूला रुख गरल्याम्म लडेको,सुनामीले जापान सिनित्तै पारेको देखुछु खैत म ठूलोमान्छे हुन सकिन ।

धर्म गर्नु पर्छ, समाजसेवामा मन लगाउनु पर्छ अनि पो ठूलो मान्छे होइन्छ त भनेर कहलिएकाले भनेको सुने तै बरु यसै गर्दा होइन्छ की ठूलोमान्छे भनेर मन्दिर धाए,गुब्बा गए, मस्जितमा अल्लाहा पुकारे तरै पनि म ठूलो मान्छे हुन सकिन । लक्ष्मी प्रसाद देवकोटा आफूले लगाएको लुगा धरी गरिवहरुलाई दिन्थे अनि उनि ठूलो मान्छे भए भन्ने सुनेको थिए । मैले पनि भित्री पोसाक बाहेक सबै लुगा फुकाल्दै बाड्दै गरे तर अह म ठूलो मान्छे पट्टकै भइन । बरु उल्टै देख्नेले माधब बोउलाएछ भनि कुरा काट्न थाले । नङ ठूलो भयो ,नङमा टासीएको छाला ठूलो भयो,छाला भित्रको इपिथेलियल,माशंपेशी,रक्त नली,बोसे आन्द्रा,मलद्धार,जलद्धार ए सबै ठूलो भयो तर मान्छे ठूलो भइएन ।

केही र कसै गर्दा पनि ठूलो मान्छे हुन नसकेको रनाहामा थिए । एकजना बुझक्कडले भने कामधाम,पेशा व्यवसाय छोडेर जसले जेजे भन्छ उसै उसैका पछि दगुरेर ठूलोमान्छे हुइदैन । उनका कुरा यसो मथिग्गलले मन्थन गरे हो साच्चै यिनले ठिकै भने । काम गर्ने उमेर छउन्जेल दुनीयाका प्रगति देखेर उसैका पछि पछि कुदीयो,पढ्ने बेलामा । राजेश हमाल र ब्रुस्लि जपियो,कमाउने बेलामा मन्दिर मस्जित धाइयो अनि के को होइन्छ त ठूलो मान्छे । म बाट त पार लागेन कतै तपाई संग छ की ठूलो मान्छे बन्ने औषधी ..........?

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्