रगतको अभाव पुरा गर्दै युवाहरु

रगतको अभाव पुरा गर्दै युवाहरु

विराटनगरमा युवाहरुले पुरानो चुनौतीलाइ स्वीकार्दै नयाँ अभियानको थालनी गरेको छ । अहिले देश भरिनै रगतको अभाव भई रहेको अवस्थामा नेपाली युवाहरुको प्रयास ‘युथ फर ब्लड’ अर्थात रगतका लागि युवा नाम दिई सुरु भएको अभियानलाई युवाहरुको सहि र आवश्यक प्रयास मानिदैछ ।प्रत्येक सोच आँफैमा उत्तम हुन्छ तर त्यसलाई व्यवहारमा लागु कसरी गर्ने भन्ने दोधारले त्यसको सफलता वा विफलता निर्धारित गर्छ । ‘सानो अनि झट्ट जिवनमा आइपरेको समस्यात्मक अवस्थाका कारण उब्जेको सोचबाट सुरु भएको ‘युथ फर ब्लड’ अहिले वृहत अभियानको चौबाटोमा पुगेको छ । सोच कुनै एउटा दिमागको उपज हुन सक्छ तर त्यसलाई फैलाउने काम अरु थुप्रैले गरेका छन् । रगत अभाव अनि त्यसको परिपुर्ति नभई रहेको अवस्थालाई आधार बनाई युवाहरुलाई रक्तदानका लागि तयार गर्नु, उनिहरुको विवरण जम्मा गर्नु अनि आवश्यक पर्दा विरामीलाई रगत उपलब्ध गराउनु ‘युथ फर ब्लड’को उद्देश्य हो । युथ फर ब्लडले रगत निशुल्क रुपमा दिने गर्दछ । हैन लिन त लिन्छ, ५० रुपैया जसको खर्च रक्तदातालाई सम्पर्क गर्न सञ्चारमा गरिन्छ । निशुल्क शुल्क दुई प्रकारको हुने गर्दछ , एक पुर्ण तया निशुल्क र दोश्रो लागत खर्च बाहेका कुनै सेवा शुल्क नलिने । युथ फर ब्लडले दोस्रा तरिकाको निशुल्क सेवा प्रदान गर्दछ । यसो नगर्दा नि हुने हो तर प्राय सदस्य विद्यार्थी भएका कारण सम्पुर्ण खर्च आफै जुटाउन सक्ने अवस्था पनी छैन नि त । समुहले आफ्नो आन्तरिक खर्च जुटाउन भने नयाँ प्रकारको सोच निकालेको छ । प्रत्येक साता सदस्य भेटघाट राख्ने अनि ढिलो आउने सदस्यलाई स्वऐक्षिक जरिवाना लगाउने । साथै टिसर्ट लगायतका अन्य सामग्रीहरु पनि निर्माण गरि सहयोग उठाउने गर्दछ समुहले आफ्नै सदस्यहरु बिचबाट । यो कुनै विदेशी संघ संस्थाको डलर थाप्ने भाँडो वा भनौ गैर सरकारी संस्था पनि होइन, यसका स्वयम्सेवकहरु यसलाई समुह भन्न रुचाउछन् । यसको प्रमुख को त ? हामी सबै । सबै स्वयम्सेवक, सबै अध्यक्ष, सबै संयोजक र सबै साथी पनि । पद विभाजन गर्दा जिम्मेवारी पनि विभाजन हुन्छ जसले समुहप्रतिको भाव कमबढि गराउन सक्ने मान्यताका साथ यसमा कसैलाई कुनै पद तोकिएको छैन । कसैलाई रगत अभाव हुँदा फुर्सदमा रहेको सदस्यले रगत खोज्ने कार्य गर्छन । रगत खोज्न गाह्रो पनि छैन, समुहका सदस्यले आफ्नो साथी, छिमेकी, परिवार वा अरु कसैको नाम, रक्त समुह र सम्पर्क नम्बर टिपाएको लिस्ट हेर्यो अनि फोन गर्यो । राम्रो काम भनि बुझेकाले रगत दिन तयार हुन्छन् । रक्तदाताको लिस्ट राख्न कै लागि पनि यस समुहका केहि प्राविधिमा दक्ष सदस्यहरुले वेबसाईट पनि तयार गरेका छन् । सामाजिक सञ्जालको प्रयोगमा रमाईरहेको पुस्ताहरुकै प्रयास भएकाले पनि हरेक कार्यहरु होस वा छलफलका विषयहरु हुन्, ति सबै युथ फर ब्लडको आफ्नै वेबसाइट वा फेसबुक ग्रुप, मिग र ट्वीटरबाट सार्वजनिक गर्ने गर्छ । रगत आवश्यक पर्दा पनि हरेक पटक फेसबुक, मिग, ट्वीटरलगायत सामाजिक सञ्जालमा लगातार सन्देश प्रवाह गरि रक्तदाता खोज्ने कार्य गरेकै हुन्छन् यसका सदस्यहरुले । सुरुवातको एक महिना भित्र यस समुहको सदस्य संख्या पनि ७ सय बढि भई सकेको छ, अझ भनौ त्यसमा सबै युवामात्र छन् । स्कुल, कलेज, विश्वविद्यालय र संघ संस्था र उद्योगका युवाहरु । आफ्नो छुट्टै स्थान नभएको युथ फर ब्लडको बैठक कहिले सहिद मैदानको प्याराफिटमा, कहिले पत्रकार महासंघको सिढिमा त कहिले कुनै मन्दिरको बरण्डा वा चौरमा हुने गर्दछ । अहिले भने गुरुकुल विराटनगरले युवाहरुको प्रयासको प्रशंसा गर्दै प्रत्येक शनिवारको भेटघाटको लागि गुरुकुल चौतारा उपलब्ध गराउदै आएको छ । गुरुकुलको यस कार्यको सह्राहना गर्नै पर्छ । रक्तसञ्चार केन्द्रमा नभएको र विरामीको आफन्त वा चिनेका व्यक्तिहरुबाट पनि उपलब्ध हुन नसकेको रगत मात्र सदस्यहरुबाट उपलब्ध गराउने युथ फर ब्लडले रगत उपलब्ध गराउने काम सँगसँगै रक्तदाता र विरामीको भेट गराई रक्तदानको व्यवहारीक र भावनात्मक महत्वबाट समेत अवगत गराउने गर्दछ । युथ फर ब्लडको अर्को महत्वपुर्ण कार्य ‘शुन्य रुपैयाको कार्यक्रम’ हो । कुनै पनि कार्यक्रम गराउन अन्य संस्थाहरुले लाखौ खर्च गरी रहदा यसले एक रुपैया पनि खर्च नगरी गर्न सकिने कार्यक्रमहरु गर्दछ । नयाँ सोच परिवर्तनका लागि आउनु पर्छ भन्ने मान्यता राख्ने आजका युवाहरुले गरेको यस प्रयासलाई सकारात्मक मान्ने जमात बढि रहेको छ । युवाहरुले औपचारिक हुन जानेका हुदैन भन्ने कुरालाई थप दम दिदै युथ फर ब्लडका सदस्यहरुले भन्ने गर्छन ‘हामी केहि राम्रो काम गर्छौ तर अनौपचारिक रुपमा’ "Youth for blood" on facebook

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्