र्यालीमा हिडेका लिम्बूवान कार्यकर्ता घाइते

र्यालीमा हिडेका लिम्बूवान कार्यकर्ता घाइते

विराटनगर, ८ भदौ । र्यालीमा हिडेको मोटरसाइकल मोरङको पथरी उर्लाबारी सडक खण्डमा बिहिबार विहान दुर्घट्नाहुदा मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषदको कार्यकर्ता सहित तीन जना घाइते भएका छन् ।
घाइतेहुनेमा परिषदको कार्यकर्ताहरु जलथल–९ झापाका २३ बर्षिय कर्ण खपाङ्गी र २२ बर्षिय दुर्गा लिम्बू रहेका छन् । पश्चिम गइरहेको परिषदको कार्यकर्ता चढेको मे ३ प ३९५४ नम्बर र विपरित दिशाबाट आएको मे ३ प १४२९ नम्बरको मोटरसाइकल उर्लाबारी र पथरीको शिमानामा पर्ने सुनजोरा पुलमा दुर्घट्ना भएको प्रहरीले जनाएको छ । दुर्घट्नामा परी पथरी–१ को दिलिप राई समेत घाइते भएका छन् । टाउको र हातमा चोट लागेको परिषदको कार्यकर्ताहरुको दमकको लाइफलाइन अस्पताल र राईको पथरी स्थित नर्सिङ्गहोममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्