करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर महिलाको मृत्यु

पथरी , भदौ ९ । मोरङको शनिश्चरे–१ आदर्शटोलमा आज अपरान्ह करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । दिउसो १ बजे करेन्ट लागेर ३० बर्षिया नर्बदा काफ्लेको मृत्यु भएको हो । बालकेन्द्रबाट फर्किएका पाच बर्षिय छोरा चिच्याउदै रोएपछि छिमेकीहरु जादा काफ्ले मृत अबस्थामा फेला पारिएको स्थानीयबासीले बताएका छन् । खाटमा मृत अबस्थामा फेला परेकी काफ्लेको दाहिने हातको कान्छि र चोरी औला करेष्टले डढेको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्