संघीय लिम्बुवान तीन दिने बन्दका कारण मेचीकोशी प्रभावित ।

संघीय लिम्बुवान तीन दिने बन्दका कारण मेचीकोशी प्रभावित ।

संघीय लिम्बुवान राज्य परिषद सन्जुहाङ पालुङवा समुहले आह्वान गरेको बन्दका कारण आज मेची–कोशीमा यातायात प्रभावित भएको छ । लिम्बुवान क्षेत्र सुनिश्चितताको माग गर्दै गरिएको बन्द आह्वानका कारण मेची अञ्चलमा यातायात ठप्प भएपनि कोशीमा छिटफुट सवारी साधन चलेको छ । आत्मनिर्णयको अधिकार, आईएलओ सन्धिको कार्यान्वयनलगायतका माग गर्दै लिम्बुवानले अरुण पुर्वका नौ जिल्ला बन्द आह्वान गरेको हो । बन्दका कारण विराटनगरबाट पूर्व चल्ने सार्वजनिक सवारी साधन नचलेपनि पश्चिम तर्फ भने सुचारु रहेको क्षेत्रीय प्रहरी कार्यालयले जानकारी दिएको छ । धरानबाट पनि यातायात चल्न नसकेको प्रहरीले बताएको छ । यस्तै खम्बुवानले सगरमाथा अञ्चलमा बन्द आह्वान गरेपनि त्यसको प्रभाव परेको छैन । बन्दको प्रभाव पहाडी जिल्लामा सामान्य रुपमा परेको प्रहरीले बताएको छ । यसैबिच संघीय लिम्बुवान राज्य परिषदले आह्वान गरेको अरुण पूर्र्वका ९ जिल्ला आमहडतालको प्रभाव संखुवासभामा पूर्ण रुपमा परेको छ । परिषदको बन्दका कारण आज विहानैबाट सदरमुकाम खाँदबारी, मानेभन्ज्याङ्ग, तुम्लिङ्गटार लगायतका स्थानका पसल, शिक्षण संस्था उद्योग यातायातका साधनहरु पूर्ण रुपमा बन्द भएका छन । यस्तै बिभिन्न मानव अधिकारवादी संगठनले चाडबाडको बेला आव्हान गरिएको बन्द फिर्ता लिन आग्रह गर्दै बन्दकर्ताको ध्यानाकर्षण गरेका छन् । आज नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य डा केपी सुबेदी, हुरेक्ड नेपाल झापाका अध्यक्ष नारायण भट्टराई, संगठनका दमक अध्यक्ष देवप्रसाद सुबेदी र राष्टिय मानव अधिकार प्रतिष्ठानका झापा उपाध्यक्ष धनन्जय बास्कोटाले संयुक्त प्रेस विज्ञप्ती प्रकासित गरि बनद फिर्ता लिन आव्हान गरेका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्