उर्लाबारीमा युवा र प्रहरी विच झडप

उर्लाबारीमा युवा र प्रहरी विच झडप

पथरी , भदौ १४ । झगडा मिलाउन आएको एक युवा समुहले प्रहरीमाथि आक्रमण गरेपछि आज विहान मोरङको उर्लाबारीमा दुई पक्षवीच झडप भएको छ ।  युवा समुहको ढुङ्गा प्रहारबाट शसस्त्र सुरक्षा बेश क्याम्प उर्लाबारीका प्रहरी हवल्दार पेशल कटुवाल गंभिर घाइते भएका छन् । प्रहरीको लाठीचार्जबाट उर्लाबारी–३ को शन्तोष कर्णको टाउकोमा चोट लागेको छ । झगडा मिलाउन इलाका प्रहरी कार्यालय आएका उर्लाबारी–२ का सुसन लिम्बूको समुहले प्रहरी कार्यालयको गेटमै प्रहरी विरुद्ध गालिगलैज गर्दै ढुुङ्गा प्रहार गर्न थालेपछि झडप सुुरु भएको थियो । प्रहरी र युवा समुहवीच झडप सुुरुभएपछि उर्लाबारी चौकमा भागदौड मच्चिएको थियो । ढुुङ्गा प्रहार गरेको अभियोगमा प्रहरीले उर्लाबारी–२ को सुुसन लिम्बू, विशाल लिम्बू, राजिव लिम्बू, दीपेस लिम्बू, जीवन लिम्बू, उर्लाबारी–४ का शन्तोष साहा, तेन्जिङ्ग लिम्बू, सन्तोष चन्द, बादल लिम्बूलाई पक्राउ गरेको छ । राजघाट ७ का साङ्गेन लिम्बूको समुहले दुई दिन अघि सोही गाविस वडा नम्बर–१ का मिलन श्रेष्ठको घर घेराउ गरेका थिए । श्रेष्ठ सुसन लिम्बू समुहका हुन् । घरेलु हतियार सहित राति घर घेराउ गरेको भन्दै श्रेष्ठले इलाका प्रहरी कार्यालय उर्लाबारीमा साङ्गेन लिम्बूलाई पक्राउ गरी जीउधनको सुरक्षा गरिपाउ भनेर उजुरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्