कर्मचारी पुरस्कृत

कर्मचारी पुरस्कृत

विराटनगर, १४ भदौ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले उत्कृष्ट काम गर्ने २० जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई पुरस्कृत गरेको छ ।
आर्थिक वर्ष २०६७÷६८ को कार्यक्रमको समष्टिगत मूल्याङ्कन गरी पुरस्कृतहरूलाई जिल्ला जनस्वास्थ्य कार्यालयमा आयोजित एक समारोहमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवराज सुब्बाले प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका थिए । सुब्बाले पुरस्कृत कर्मचारीहरूलाई शुभकामना मन्तव्यसमेत व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner