दुई छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई २० वर्षको सजाय

दुई छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई २० वर्षको सजाय

विराटनगर/ १६ भदौ । आफ्ना दुई नाबालिक छोरीहरुसँग जबरजस्ती करणी गर्ने पितालाई मोरङ जिल्ला अदालतले झण्डै एक वर्ष पछि सजाय सुनाएको छ । मोरङ लक्ष्मीमार्ग ८ का २५ वर्षिय राजु परियारलाई गत मंसीर ८ गते आफ्नै ५ छोरी वर्षिया सुजिता(नाम परिवर्तन) र ६ वर्षिया प्रजिता(नाम परिवर्तन) लाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको थियो ।
उनलाई जिल्ला अदालत मोरङका निमित्त न्यायधिस हरिबहादुर कार्कीको बेन्च नं २को इजलासले हाड नाता करणी अन्तर्गत १० वर्ष, नाबालिग जबरजस्ती करणी अन्तर्गत १० वर्ष गरी जम्मा २० वर्ष जेल सजाय, ५० हजार जरिवाना सहित उनको सम्पत्तिको आधा अंश बालिकाहरुको नाममा हुने समेत फैसला गरेको छ ।
सुजिता र प्रजिताले आफुलाई बुबाले जबरजस्ती गर्ने गरेको कुरा स्थानीय महिलाहरुलाई बताए पछि एबिसि नेपालको सहयोगमा राजु बिरुद्ध गत मंसिरमा नाबालिग जबरजस्ती करणी मुद्दा दर्ता गरिएको थियो । लक्ष्मीमार्गमै रिक्सा चालकको काम गर्ने राजुलाई तत्कालै पक्राउ गरीएको थियो । बालिकाहरुको आमा हाल वैदेशिक रोजगारको क्रममा खाडि मुलुकमा छिन् ।
पिडित बालिकाहरु एबिसी नेपालको काठमाडौ स्थित पुर्नस्र्थापना गृहमा रहि अध्ययन गरिरहेको एबिसी नेपालकि मोरङ शाखा प्रतिनिधि सारदा साहले बताइन् ।
जिल्ला अदालतको फैसला विरुद्ध राजुले पुनरावेदन हाल्न पाउने अधिकार भए पनि उनले हालसम्म त्यसो गर्ने कुनै संकेत नदिएको एबिसि नेपालको तर्फबाट मुद्दा हेरेका अधिवक्ता लिला सुवेदीले बताए ।
एबिसी नेपालकी मोरङ उपाध्यक्ष कल्पना आचार्यका अनुसार हाल मोरङ जिल्लामा ८ बालिकाहरुमाथि भएको जबरजस्ती करणीका ४ वटा मुद्दाहरु चलिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्