जग्गा विवादमा ६६ वर्षीय बृद्धलाई कुटपिट

<span class='c1'>जग्गा विवादमा  ६६</span> <span class='c2'>वर्षीय बृद्धलाई कुटपिट</span>

इटहरी, २८ भदौ । जग्गाकै विवादका कारण दुहबीका एक वृद्धले कुटाई खाएका छन् । सुनसरीको दुहबी–३ स्थित ६६ वर्षीय काशीनाथ साहले जग्गाका कारण कुटाई खानु परेको जानकारी दिएका छन् ।
पाँच वर्षअगाडिको विषयलाई लिएर पीडक मदन साहले अहिले आएर विभिन्न डर धम्कीमा जग्गा कब्जा गर्न खोजेको पीडित साहले बताएका छन् । साथै प्रहरीमा समेत उजुरी दिई कागजपत्रमा सही गराउन खोजेको नगरेको खण्डमा मार्नसमेत धम्की दिने बताएका छन् । डरका कारण साहले पत्रमा सही गरेको समेत  बताए । प्रहरीहरूसमेत मदन साहसँग मिलेको भन्दै हाम्रो उजुरीलाई बेवास्तासमेत गरेको बताए ।
काशीनाथ साहका अनुसार १ कठ्ठा १० धुर  जग्गाको पहिला बिक्री मदन साहसँग गरिसकेको तर रकममा केही विवाद भएकाले हाल आएर ५ धुर जग्गा उसको नाममा गरिनुपर्ने भन्दै डर धम्की दिई उनलाई घाइतेसमेत बनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्