पुर्वबाट काठमाडौं जाने बसको टिकट अग्रिम खुल्ला

<span class='c1'>पुर्वबाट काठमाडौं जाने बसको</span> <span class='c2'>टिकट अग्रिम खुल्ला</span>

दशैं तिहारको अवसरमा राजधानीबाट बिभिन्न स्थान जाने टिकट खुल्ला गरेको बेला मोरङ बस यातायात संघले पूर्वी मोरङबाट काठमाडौं जाने बसको टिकट अग्रिम खुल्ला गरिएको जनाएको छ । संघको बैठकले काठमाडौंजाने टिकट काउण्टर खुल्ला गरिएको संघको अध्यक्ष कुमार तामाङले बताउनुभयो । मोरङको पथरीमा मुख्य कार्यालय रहेको संघले मोरङको मधुमल्ला, उर्लाबारी, राजघाट, इटहरा, पथरी, जाते, शनिश्चरे, कानेपोखरी, लेटाङ, डाँगिहाट, बेलबारी, बिराटचौक, रमाइलो लगायतका डेढ दर्जन बढी स्थानबाट काठमाडौ जाने बसको टिकट अग्रिम बुकिङ्ग सुरु गरिएको अध्यक्ष तामाङले बताउनु भयो । मोरङको बिभिन्न स्थानबाट संघको ४० भन्दा बढी बसहरु काठमाडौ चल्दै आएको छ । दशैं, तिहार तथा छठ पर्वको पूर्वसध्यामा काठमाडौंबाट उपत्यका बाहिर र दशैं तिहार सकिएपछि काठमाडौ जाने बसमा टिकट पाउन कठिनहुने गरेको छ । यात्रुहरुको समस्यालाई ध्यानमा राखि टिकट अग्रिम खुल्ला गरिएको संघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्