पथरीमा बडी बिल्डिङ्ग तालिम शुरु

पथरीमा बडी बिल्डिङ्ग तालिम शुरु

पथरी, १० असोज । मोरङ्गको पथरीमा आजदेखी बडी बिल्डीङ्ग सम्बन्धी प्रशिक्षण शुरु भएको छ । हालै संचालनमा ल्याइएको पथरी बडी बिल्डिङ्गको आयोजनामा प्रशिक्षण शुरु भएको हो । कार्यक्रममा इन्टरनेसनल बडी बिल्डिङ्ग एण्ड फिटनेस एसोसियसन नेपालको पूर्व केन्द्रीय उपाध्यक्ष तथा भारतोलनका अन्तराष्ट्रिय खेलाडी राजभगत प्रधानाङ्ग लगायतले प्रशिक्षण दिनुहुनेछ । आज भएको तालिम उद्घाटन कार्यक्रममा प्रधानाङ्गले खानपान र स्वास्थ्य प्रतिको बेवास्ताले नेपालीहरुको औसत आयुु घट्दै गएको धारणा राख्नुभयो । उहाले मानिसलाई सुुन्दर, स्वास्थ्य, सुुःख र स्फुुर्तिको लागि नियमित ब्यायम र खानपानमा ध्यानदिनु पर्ने बताउनुुभयो । नियमित ब्यायम र खानपानमा ध्यान दिए शरिरमा भएका ८० प्रतिशत रोग निको हुने दाबि गर्दै नेपालीको आयुु समेत बढ्ने प्रधानाङ्गको दाबि थियो । तालिम अवधीभर प्रधानाङ्गले उपस्थित युवायुुवतीहरुलाई ब्यायाम गर्ने तरिकाहरु सिकाउनुु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्