कानेपोखरी जंगलमा लुटपाट गर्ने पक्राउ

कानेपोखरी जंगलमा लुटपाट गर्ने पक्राउ

बिराटनगर १२ असोज । गत शनिबार मोरङ्गको बयरबन ९ स्थित कानेपोखरी जंगलमा भएको लुटपाटको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । बयरबन ८ का सुन ब्यवसायी सन्तोष फुयाँलको साथमा रहेको २० तोला सुन र ९ लाख रुपैया नगद लुटपाटका घटनामा संलग्न रहेको आशंकामा प्रहरीले झापा र मोरङ्गका बिभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा  झापा दमक–१३ का जेम्स भत्रे भिमबहादुर नेम्वाङ, दमक ११ मै सिलभर रिपेरिङ्ग पसल गरी बस्ने तुकाराम गोड््से बम्बइया, बेलडाँगी–१ भुटानी शरनार्थी शिविर हट नं. १०२÷१०३ का राकेश गजमेर, दमक–१४ का सोभित तामाङ्ग, मोरङ्ग पथरी–१ का सुरेन्द्र लिम्बु, र बयरवन–८ का भिम बहादुर लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले उनीहरुलाई पक्राउ गरेको र उनीहरुको साथबाट ३४ दशमलव ७ ग्राम सुन र ७७ हजार ७९०रुपौ नगद समेत बराम गरीएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्