आन्दोलनको तयारीमा खस क्षेत्री

आन्दोलनको तयारीमा खस क्षेत्री

उर्लाबारी, १४ असोज । खस क्षेत्री एकता समाज आदिवासी जनजातिका केन्द्रिय अध्यक्ष युवराज कार्कीले खस क्षेत्रीहरुको हकअधिकारलाई सुनिश्चित गर्नको लागि आन्दोलनको तयारीमा रहेको  बताउनु भएको छ ।
मोरङको राजघाटमा खस क्षेत्री एकता समाज आदीबासी जनजाति राजघाट इकाई समितीले शनिबार किराँत चुम्लुङ भबनमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । खस क्षेत्रीको हकअधिकारको लागि हामी तिहार पछि देश ब्यापी रुपमा आन्दोलनको तयारी रहेकाले तयारी रहन सबैलाई निदेर्शन समेत दिन चाहान्छु उहाँले भन्नुभयो ।  ८० लाख भन्दा बढी खस क्षेत्रीलाई रहेपनि समानुपातिक रुपमा प्रतिनिधित्ब नभएको बताउदै जातिय पहिचानको लागि खस क्षेत्री एकजुट हुनु पर्नेमा उहाँले जोड दिनुभयो । खस क्षेत्रीका बिभिन्न समुहलाई एउटै बनाउन प्रयास भईरहेको र खस क्षेत्री ९ सय बर्ष देखी शाषित हुदै आएको अध्यक्ष कार्कीले बताउनुभयो । खस क्षेत्रीलाई पनि आदिबासी जनजातिमा सुचिकृत गर्न माग गरिरहेका छौँ त्यसको लागि पटक पटक शान्ति पूर्ण आन्दोलन गरेपनि त्यसलाई सुनुवाई नभएकाले तिहार प्रश्चायत आन्दोलन गर्ने तयारी भईरहेको उहाँले जानकारी दिनुभयो । क्षेत्री र बाहुन एउटै जाति नभएको दाबी गदै एकल जातिको प्रत्याभतीले गर्दा अन्य जाती पछाडी परेको उहाँले बताउनुभयो । रक्षामन्त्री शरदसिंह भण्डारीले तराईका २२ जिल्लालाई छुट्टै राज्य बनाउने भनी दिएको अभिब्यक्तिप्रती आकोशित अध्यक्ष कार्कीले    जो मधेसी होइन उसले मधेशको कुरा गरेर देश टुक्याएर अर्कै राज्य बनाउने अभिब्यक्ति दिनु निदनिय भएको भन्दै आपत्ती समेत प्रकट गर्नुभयो ।  सरकारको रक्षा मन्त्री तथा सभास्द जस्तो जिम्मेवारी ब्यक्ति भएर त्यस्तो गैरजिम्मेवारी, राष्ट्रघाती अभिब्यक्ति दिने मन्त्री शरदसिंह भण्डारीलाई मन्त्री र सभासदबाट तत्काल हटाउन माग समेत उहाँले गनु भएको छ । अहिलेको सरकारमा अपराधी र भष्ट्रचारीहरु मन्त्री रहेको बताउदै यो सरकारले पनि शान्ति र सबिधान निर्माण गर्न नसक्ने दाबी उहाँले गनुभयो । खस क्षेत्रीलाई सामान्ती भन्ने एमाओबादीले पनि खस क्षेत्री बिना आन्दोलन सफल नहुने ठानेर अहिले खस मोर्चा बनाउन गृह कार्यमा जुटेको अध्यक्ष कार्कीले बताउनुभयो । बाहुनको प्रत्याभुती जमाउन फेरी पनि चलखेल भईरहेको बताउदै खस क्षेत्री बाहुन बन्न नसक्ने भएकाले जनजागरण अभियान चलाउने तयारी भईरहेको छ उहाँले भन्नुभयो । खसाङ राज्य बाहेक अन्य राज्य बहुल जातिय राज्य हुनु पर्नेमा उहाँ जोड दिनुभयो । जनसंख्याको आधारमा समानुपातिक नभए पिछडा बर्ग, उत्पीडित जातजातिको उत्थान नहुने र राज्य पुनसरचना गर्दा देश नटुक्ने  उहाँले जिकिर समेत गर्नु भयो । खस क्षेत्री माथी बिभेद जारी रहेको अबस्थामा बाध्य भएर राजनितिक दल बनाएर संसदमा प्रतिनिधी पठाउन पनि सक्ने संकेत उहाँले गर्नु भएको छ ।   सो कार्यक्रममा समाजका मोरङ क्षेत्र नं। १ का अध्यक्ष लक्ष्मणराज भण्डारी, सिजुवा अध्यक्ष बिष्णु थापा, धनकुटा अध्यक्ष सुरेन्द्र पौडेल, दानबहादुर बुढाथोकी, आदीबासी जनजाति महासंघ गाँउ समन्वय समिती राजघाटका अध्यक्ष नरबहादुर मोक्तान लगायतले बोल्नु भएको थियो । सो कार्यक्रम समाजका गाँउ अध्यक्ष सुरेन्द्र कार्कीको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्