दुलारीमा झाडापखालाको प्रकोप: एकको मृत्यु, दुईको अवस्था गम्भीर

<span class='c1'>दुलारीमा झाडापखालाको प्रकोप: एकको</span> <span class='c2'>मृत्यु, दुईको अवस्था गम्भीर</span>

विराटनगर, २४ असोज । मोरङको दुलारी गाविसको बाँसबारी टोलमा  फैलिएको झाडापखालाबाट मंगलबारसम्म एकजनाको मृत्यु भएको छ । झाडापखालाबाट दुई गम्भीर भएका छन् । दसैंमा राँगाको काँचो मासु खाँदा कटहरी–१ बस्ने ४६ वर्षीय  सोमराज राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले बताए । झाडापखालाकै कारण स्थानीय ७० वर्षीय लक्ष्मण सरदार र १९ वर्षीय राजनारायण सरदारको गम्भीर अवस्थामा विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ ।
झाडापखालाबाट दुलारी गाविसको बाँसबारी टोलका २५ घरका ४३ जना प्रभावित भएको र प्रकोप पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको दुलारी स्वास्थ्य चौकीका अहेब बालकृष्ण अधिकारीले बताए । बिमारीहरुमा वान्ता आउने र लगातार पखाला लाग्न थालेपछि रोगको लक्षण देखा परेको थियो । “सुकुम्बासी बस्ती र बाँतर बस्तीमा झडापखालाको प्रकोप फैलिएको हो,” अहेब अधिकारीले भने । 
प्रकोप फैलिनसाथ जिल्ला जनस्वास्थ्य कार्यालयबाट टोली घटनास्थलमा पठाइएको र स्थानीय स्वास्थ्य चौकी र स्वयंसेवकको सहयोगमा जनचेतना कार्यक्रम गरिएको कार्यालयले जनाएको छ । यस्तै प्रकोपलाई थप फैलिन नदिन टोलमा मंगलबार स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको छ । स्थानीयवासीले नालाको पानी खाने गरेकाले पनि प्रकोप फैलिएको हुनसक्ने जनस्वास्थ्यले आशंका गरेको छ ।  सफा पानी पिऊँ, सडेगलेका खानेकुरा नखाऊँ भने स्वास्थ्य शिक्षा कार्यक्रमसमेत मंगलबार नै प्रभावित टोलमा सम्पन्न गरिएको सुब्बाले जनाए । प्रभावित बिमारीहरुलाई निगरानीमा राखी उपचार गरिरहेका र केही उपचारपछि घर फर्किसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्