नक्कली छोराको नाममा पोषणभत्ता लिएको खुलासा

नक्कली छोराको नाममा पोषणभत्ता लिएको खुलासा

विराटनगर २५ असोज । मोरङको शनिश्चरे–७ को ३८ बिर्षिय सत्यनारायण पासवानले गाविसमा नक्कली छोराको नाममा जन्मदर्ता गराएर पोषणभत्ता लिदै आएको खुलासा भएको छ । नेपाल सरकारले गाविस मार्फत दलित समुदायको पाँच बर्षमुनीको बालबालिकाहरुलाई पोषण भत्ता बापत मासिक दुुई सय रुपैया भत्ता बितरण गर्दै आएको छ । सोही भत्ता लिन पासवानले २०६७ मंसिर ९ गते हुदै नभएको छोरा सुुरेन्द्र पासवानको नाममा शनिश्चरे गाविसमा जन्म दर्ता गराएर पोषण पत्ता लिदै आएको खुलासा भएको हो । पासवानको काल्पनिक छोरा सुरेन्द्र पासवानको गाविसमा ७०४ नम्बरमा दर्ता भएको गाविसका कर्मचारी मिनबहादुर ठकुरीले बताउनुुभयो । छिमेकी मोत्यादेवी पासवानले पनि नागरिकतामा उल्लेख भएको जन्म मिति २०१८ लाई केरमेट गरी २००८ बनाएर गाविसबाट बृद्ध भत्ता लिएको सत्यनाराण पासवानले बताउनुभयो । नक्कली छोराको नाम दर्ता गराउने सत्यनारायण र नागरिकता प्रमाणपत्रमा उल्लेखित जन्मतिति केरमेट गर्ने मोत्यादेवी पासवानवीच एक आपसमा झगडा भएपछि सो रहस्य खुलेको हो । शनिश्चरे गाविस सचिव धर्मराज अधिकारीले भने आफूलाई कुुनै जानकारी नभएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्