ड्राइभरबाट लुकाएर कुदाएको ट्याक्टरले किचेर बालिकाको मृत्यु

ड्राइभरबाट लुकाएर कुदाएको ट्याक्टरले किचेर बालिकाको मृत्यु

विराटनगर २५ असोज । मोरङ्गको  केरौन १ स्थित चिसाङ्ग खोलामा जम्मा गरेको गिट्टी लोड गरी सोहि ठाउका २५ बर्षिय  नारायाण दर्जीले चालकलाई नसोधी आपूmखुशी राजमार्ग सडक तर्फ लोड गरेको  ट्याक्टर गुडाउने क्रममा बालीकाको मृत्यु भएको छ ।
को.१ त. ३७७८ नं.को ट्याक्टर उन्ले आफुखुसि ल्याउने क्रममा ल्याउने सोहि ठाउका राम बहादुर तामाङ्गको छोरी  १० वर्षिय  कुसुम तामाङ्गलाई किचदा  घटनास्थमै मृत्यु भएको प्रहरिले बताएको छ ।
ट्याक्टर चालक र  नारायाण दर्जीलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गर्दै गरेको प्रहरिले बताएको छ ।
नेपालमा काम गर्ने भारतिय नागरिकको डुबेर मृत्यु
विराटनगर २५ असोज । मोरङ्ग को कसेनी ६ का  बल बहादुर थापाको घरमा काम गर्न बसेका भारत घर भएका  ४० वर्षिय  गोरे बङ्गालीको नजिकैको नहरमा डुबेर मृत्यु भएको छ ।
बुधबार विहान घाँस काट्ने क्रममा नजिकको नहरमा डुबी उनको मृत्यु भएको प्रहरिले बताउको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्