कोशी अञ्चल अस्पताल विराटनगरको कागजात अख्तियारको नियन्त्रणमा

कोशी अञ्चल अस्पताल विराटनगरको कागजात अख्तियारको नियन्त्रणमा

बिराटनगर २६ असोज । कोशी अञ्चल अस्पताल विराटनगरको औषधी खरिद प्रक्रियाको कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सार्वजानिक खरिद ऐन विपरित हचुवाका भरमा बोलपत्र फारम खोलिएको भन्दै अख्तियारले कागजात नियन्त्रणमा लिई छानविन थालेको हो । अन्य आपूर्तीकर्तालाई धम्की दिएर सबै फारम झिकेपछि बोलपत्र खोलिएका भन्ने समाचारका आधारमा अख्यितारको टोलीले असोज १० गतेसम्पूर्ण कागजात नियन्त्रणमा लिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. उमाकान्त झाले जानकारी दिनुभयो । आयोगको टोलीले कागजात नियन्त्रणमा लिएपछिको थप बिषयमा आफुलाई जानकारी नभएको उहाले बताउनुभयो । अस्पतालले बोलपत्र खोल्दा राजेश अग्रवालको मात्र चारवटा फारम भेटिएपछि अन्य आपुर्तीकर्ताले अनियमितता भएको आरोप लगाएका थिए । टेण्डरमा अस्पतालका वरिष्ठ फार्मासिष्ट अधिकृत तथा मेडिकल स्टोर प्रमुख धिरानन्द झाले अग्रवालसँग कमिसन लिई अस्पतालको आन्तरिक प्रति इकाई लागत समेत उपलब्ध गराई अन्यलाई फारम लिन रोक लगाएको अन्य आपुर्तीकर्ताले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्