पथरीमा भएको दुर्घटनामा तीन जना घाइते

पथरीमा भएको दुर्घटनामा तीन जना घाइते

पथरी, २६ असोज । मोरङको पथरीमो आज दिउसो भएको मोटरसाइकल दुर्घट्नामा तीन जना घाइते भएका छन् । आज अपरान्ह २ बजे पश्चिम गइरहेको को ७ प ७५५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा उर्लाबारी–४ को सात बर्षिय मिठे खड्का सहित तीन जना घाइते भएका हुन् । बालक खड्काको पथरीमा उपचार सम्भब नभएपछि धरानस्थित बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । त्यसक्रममा मोटरसाइकलमा सवार उर्लाबारी –३ का चालक सुजन श्रेष्ठ र बहिनी सुुजता श्रेष्ठको पथरीस्थित नर्सिङहोममा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्