मातृमृत्युदर घटाउने उदेश्यसाथ अध्ययन शुरु

मातृमृत्युदर घटाउने उदेश्यसाथ अध्ययन शुरु

पथरी, २६ असोज । नेपालमा मातृमृत्युदर घटाउने उदेश्यले मोरङको तीन गाविसबाट नया अध्ययन सुरु भएको छ । स्वास्थ्य मन्त्रायलको सहकार्यमा अमेरिकन सहयोग नियोग ९यु।एस।ए।आइ।डी।० र जोहन्स होप्किन्स युनिभर्सिटीको सहयोगमा अध्ययन सुरु गरिएको हो । गर्भवति महिलाको पिसावमा प्रोटिन्युरियाको मात्रा अत्याधिक बढेर समयमा उपचार नभएपछि गर्भवति आमाको मृत्यु हुने गरेको अध्ययनमा सहमागी डाक्टर कुसुम थापाले बताउनुुभयो । प्रोटिन्युरियाको मात्रा बढेपछि जीउ सुनिने, टाउको दुःख्ने, मुर्छा पर्ने लक्षणहरु देखिने उहाले बताउनुभयो । प्रोटिन्युरियाको मात्रा जाच्ने नया र सजिलो प्रविधि सहित मोरङको पथरी, शनिश्चरे र राजघाटबाट अध्ययन सुरु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको स्वास्थ्यकर्मी धरणी निरौलाले बताउनुभयो । अध्ययन स्वरुप काठमाडौंबाट आएको टोलीले हिजोबाट स्वास्थ्य स्वयमसेविकालाई प्रविधिको बारेमा जानकारी मुलक तालिम सुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका स्वास्थ्यकर्मी धरणी निरौलाले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्