पहिलो पटक कम्प्युटर छुए विराटनगर छेउका युवाहरुले

पहिलो पटक कम्प्युटर छुए विराटनगर छेउका युवाहरुले

विराटनगर, १ कात्तिक । सुन्दा अचम्म लाग्न सक्छ प्राविधिकरुपमा सम्पन्न मानिने विराटनगरबाट चार किलोमिटरमात्र पुर्वको दुरीमा रहेको भातिगछ गाविसका अधिकांश युवाहरुले पहिलो पटक मंगलबार कम्प्युटर चलाए । ‘यस अघि देखेको भएपनि अहिलेसम्म छोएको थिइन’ १८वर्षिय अजय सोरेनले भने । अजय सोरेन प्रतिनिधि युवामात्र हुन् उनीजस्ता सो गाविसमा असंख्य युवाहरु छन् ।
भातिगछ गाविसमा मंगलबारबाट युवा क्षमता विकास तदर्थ समितीको आयोजनामा सुरु भएको कम्प्युटर तालिममा सहभागी अधिकाशं युवाहरुले पहिलो पटक कम्प्युटर देखेका वा चलाएको अनुभव साटे । ‘विराटनगरको छेउमै त यस्तो अवस्था छ भने युवाहरुको लागिथ योजना बनाउनेहरुले कस्तो योजना बनाएर कार्यान्वय गरिरहेका छन् रु ।’ प्रविधि तथा युवाको क्षेत्रमा कार्य गरिरहेका निर्मल तामाङले शंका व्यक्त गरे । उनले भने ‘कम्प्युटर तालिम १९ वर्षको उमेरमा हैन निमाविस्तरदेखि नै प्रदान गर्नु पर्छ ।’

‘युवा क्षमता विकासको लागि सुचना प्रविधि’ भन्ने नाराका साथ आयोजना गरिएको कम्प्युटर तालिमको मंगलबार जिल्ला विकास समितिका सुचना विभाग अधिकृत महेन्द्र खड्काले कम्प्युटरको इन्टर कि थिचेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै खड्काले तालिम आयोजना गरेर भातिगछका युवाहरु जिल्लामै नमुना भएर देखाएको बताए । उनले भातिगछ क्षेत्रमा यस्ता तालिम आयोजना गर्न र सुचना केन्द्र स्थापना गर्नका लागि गाविसले सिफारिस गरे जिविसबाट योजना पास गराउन आफुसमेत लाग्ने प्रतिवद्धता जाहेर गरे । सोहि अवसरमा रिचमण्ड फेलोसिपका सन्जिव चापागाइँले यस्तो तालिमहरुले युवाहरुलाई सिपमुलक कार्यमा व्यस्त बनाइ कुलत तथा विसंगतितर्फ लाग्नबाट जोगाउने धारणा व्यक्त गरे । तालिम आयोजक तदर्थ समितिका सचिव राम नारायण राजवंशीले देश विकासको लागि युवाहरुले सुचना प्रविधिसँग हातेमालो गर्दै अघि बढ्न आवश्यक भएको बताए । उनले भने ‘यो सात दिने तालिमले युवाहरुमा सुचनाप्रविधिको प्यासमात्र जगाउछ, मुख्य काम यसपछि गर्नु पर्ने हुन्छ’ । सो अवसरमा विभिन्न दलका स्थानीय नेताहरुको साथै ईआइसी नेपालका अध्यक्ष राजन लम्साल, युवा अभियानका विशाल राई, गाविस सचिवलगायतले मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रममा लिडर्सका बसन्त अधिकारी, युथ फर ब्लडका निर्मल शर्मा, प्रकास इन्फोसिसका प्रकास उप्रेति, शिक्षक, स्थानीयवासीलगायतको सहभागिता रहेको थियो ।
१ गते मंगलबारदेखि कात्तिक ७ गतेसम्म आयोजना हुने उक्त कम्प्युटर तालिममा भातिगछ गाविसका ३० जना युवाहरुको सहभागीता रहेको कार्यक्रम संयोजक तथा युवा पाइलाका अध्यक्ष बद्रि प्रसाद राजवंशीले बताए । जिल्ला विकास समिति मोरङ, भातिगछ गाविस, मेगाटेक, क्यान मोरङ, विराट इन्फोटेकलगायतको सहयोगमा आयोजित तालिमलाई ईआइसी नेपालले प्राविधिक संयोजन गरिरहेको छ भने लिडर्स, युवा अभियान र लिभिङ विथ आइसिटिको संयोजन रहेको छ । प्रशिक्षार्थीहरुलाइ ईआइसी नेपालका राजन लम्साल, केशव भण्डारी, अनुप न्यौपाने, पंकज सुवेदी, सरोज तामाङलगायतले तालिम दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्