शिशु मृत फेला

शिशु मृत फेला

विराटनगर, १ कात्तिक । मोरङको पथरी–१ स्थित विशालचौकमा मंगलबार बिहान एक शिशु मृत फेला परेका छन् ।
विशालचौकस्थित पथरी खोलाको किनारमा मृत अवस्थामा पुरुष शिशु स्थानीयवासीले फेला पारेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । सो शवलाई पोष्टमार्टमका लागि उर्लाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको जनाइएको छ ।  अवैध गर्भ कसैले फ्याँकेको हुनसक्ने आशंका स्थानीयवासीले गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्