रंगेलीमा कृषि थोक बजार स्थापना

रंगेलीमा कृषि थोक बजार स्थापना

रंगेली, १ कात्तिक । मोरङको रंगेलीमा हाटबजारलाई व्यवस्थित गर्न कृषि थोक बजार केन्द्रको स्थापना गरिएको छ । रंगली–१ स्थित हाटबजारलाई व्यवस्थित गर्न जिल्ला विकास समिति र रंगेली गाउँ विकास समितिले ६ लाख रूपैयाँको लागतमा सो केन्द्रको स्थापना गरेको गाउँ विकास समितिका सचिव हरि पोखरेलले बताए । दिनहँ लाग्ने सो हाटबजारका कारण रंगेली बजार अव्यवस्थित हुन थालेपछि माथि छतमा टिन तथा तल पक्काको १५ मिटर लामो थोक बजार निर्माण गरिएको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner