पर्यटन विकासका लागि रवि महोत्सव हुने

<span class='c1'>पर्यटन विकासका लागि</span> <span class='c2'>रवि महोत्सव हुने</span>

देशले पर्यटन वर्ष २०११ मनाइरहेको अवसरमा पाँचथर जिल्लाको रविलाई पुर्वको आकर्षक पर्यटकिय गन्तव्यको रुपमा चिनाउने उद्देश्यका साथ रवि महोत्सब गरिने भएको छ । शनिवार विराटनगरमा पत्रकार सम्मेलन गरि कात्तिक २७ गते देखि ३० गतेसम्म उक्त महोत्सब आयोजना गरिने महोत्सव मुल समारोह समितिले जानकारी दिएको हो ।
महोत्सवको उद्घाटन संविधान सभाका सभामुख सुभाष नेम्वाङ्गले गर्ने समितिले जनाएको छ । मुल समितिका उपाध्यक्ष दिलेन्द्र राईका अनुसार महोत्सब करिब २० लाखको बजेटमा सञ्चालन गर्न लागिएको हो । ‘बिजुली, बाटो तथा संचारको पहुँचभन्दा टाढा रहेको भए पनि रवि क्षेत्र शिक्षा, प्रकृति र साँस्कृतिक रुपमा सम्पन्न छ ।’राईले भने ‘यसले देशको विकासमा योगदान पुर्याउने धेरै बुद्धिजिविहरु जन्माइसकेको छ ।’ उनलले महोत्सवमा २५ हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दाबी गरे ।
२० हजार ६सय ६० वर्ग मिटर क्षेत्रफलमा फैलिएको रवि क्षेत्र समुद्रि सतहबाट १८ सय ४० मिटरको उचाइमा रहेको छ । यस क्षेत्रलाई प्रसिद्ध महागुरु फाल्गुनन्दले पदारोपण गरेको स्थानको रुपमा धार्मिक आस्थाका साथसमेत हेरिन्छ । त्यस क्षेत्रको सेन्चेलेङ्मा चिया बगान, यावाराङ झरना, बेहुली ढुङ्गा, स्वर्गपुरी मन्दिर, सिंहदेवी गुफा, सिवालय मन्दिर, जरीबुटे डाँडालगायतका स्थान पर्यटकिय महत्व बोकेका स्थान हुन् ।
महोत्सवमा आउने पर्यटकहरुलाई रवि क्षेत्रका विभिन्न स्थानहरुको अवलोकन गराउनुका साथै स्थानीय साकेला, संगिनी तथा मारुनी, च्याब्रुङ्ग ता धान, सेलो कौडालगायतका नाच तथा भेषभुषासमेत देखाइने समितिले जानकारी दिएको छ । समितिले पर्यटकको सुविधाको लागि होम स्टेको समेत व्यवस्था गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्