आज सोमबार मुस्लिम धर्मालम्बीहरु धुमधामका साथ बकरईद पर्व मनाउदै छन् । इदुल अजहासमेत भनिदे बकर ईद तिन दिन मनाइने गरिन्छ । बकर ईद मनाउनका लागि मुस्लिम धर्मालम्बीहरु यहाँ स्थित विभिन्न इदगाहहरुमा जम्मा हुनेछन् । यस अवसरमा विराटनगरको इदगाह, सरोचिया मस्जिद, अमाननगर भट्टालगायतका स्थानमा जम्मा भएर एकसाथ नमाज पढ्ने एक मुस्लिम धर्मालम्बीले बताए । मुस्लिमहरुको प्रमुख चाड बकर ईदमा खसी, राँगा, भैसीलगायतका जनावरहरुको बलि दिईन्छ । साउदि अरेबीयाको मक्का मदिनामा हरेक वर्ष यहि पर्वमा लाखौं मुस्लिमहरु एकसाथ नमाजसमेत पढ्ने गरेका छन् ।