पढाई खर्च जुटाउन मुर्ती बनाउँदै

<span class='c1'>पढाई खर्च जुटाउन</span> <span class='c2'>मुर्ती बनाउँदै</span>

‘जहाँ ईच्छा त्यहीं उपाय’ भने झैं विराटनगर–४ बरगाछीका–१४ वर्षीय समिर दास भालेकै डाकमा उठेर मुर्ती पोत्ने काम गर्दछन् । जनता नमुना उच्च मा.वि.कक्षा–८ मा अध्ययनरत उनी पढाई खर्च जुटाउनकै लागि मुर्ती बनाउने काम गर्ने गर्दछन् । कक्षा ४ पढ्दादेखि नै विद्यालयदेखि बचेको समयमा समिर मुर्ती पोत्न सकृय हुन्छन् । झण्डै चार वर्षदेखि काम गरेरै अध्ययन गर्ने गरेका उनको पढाईसमेत राम्रै रहेको विद्यालयले जनाएको छ ।
साना–साना मुर्ती आफैं बनाउन सक्ने उनले विहान मुर्तीकै काम गरेर विद्यालय जान्छन् भने बेलुका विद्यालयपछिको समयसमेत मुर्ती निर्माणमै लगाउने गरेका छन् ।  यसरी काम गर्दा ३ दिनमा एउटा मुर्ती निर्माण गर्न सकिने उनको भनाई छ । उनले बनाएको मुर्ती ६ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको उनका बाबु सुकुमार दासले बताउनु भयो ।
छोराले तयार गरेको मुर्तीको रकमले आफ्नै खर्च धान्न दिने गरेकोले विद्यालय जाने  पोशाक, कापी, कलम किताब किनेर दिउँसो नास्तासमेत खान पु¥याउने गरेको बाबुको भनाई छ । बाबु–आमाले काम गरेर पढ्न लगाएपनि सन्तुष्ट देखिएका दास  बचत भएको रकम घरमै अभिभावकलाई राख्न दिने गरेको बताउँछन् ।पुर्खौली पेशा भएकैले मुर्ती बनाउन लगाएर पढ्न पठाउनु परेकोले छोराको शिक्षाप्रति बाबु–आमा समेत सन्तुष्ट छैनन् । ‘एक मात्र छोरा छ, त्यही पनि राम्ररी पढाउन सकिएको छैन । तर, पढाईले मात्र जीवन धान्न सक्दैन भनेर पेशामा समेत लगाउँदै गरेको छु’–बाबु सुकुमारको भनाई छ । दुःख गरेरै पढ्ने गरेका समिरको सपना भने इञ्जिनियर बन्ने रहेको छ । दिनभर विद्यालय विहान–बेलुकी मुर्ती निर्माण र राति अबेरसम्म अध्ययन गर्ने गरेका समिर अभावमा बाँच्न सिक्नुपर्ने प्रेरणा बन्ने गरेका छन् । उनले धेरै साथीहरुलाईसमेत आफूले सम्झाउने गरेको बताउँदै भने– ‘काम गरेरै पढेपनि पास गर्न सकिन्छ ।’ विशेष समयमा विशेष बजार पाउने मुर्ती निर्माणमा मुर्तीकारहरु व्यस्त हुने गर्नुपर्दछ । चाडपर्वको समयमा यसको धेरै माग हुने र धेरै आम्दानी हुने भएकोले समिरले समेत त्यस्ता बेला मुर्ती बनाउँनै ध्यान दिनुपर्ने गर्दछ । परिवारकै परिश्रमबाट यस वर्षको दशैं, तिहार, विश्वकर्मा पूजाको समयमा झण्डै १ लाख रुपैयाँको मुर्ती बेचेको समिरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्