१ करोड बढीको विद्यालय भवन हस्तान्तरण

१ करोड बढीको विद्यालय भवन हस्तान्तरण

विराटनगर, २५ कार्तिक । विराटनगर राउन टेवल ११ ले मोरङको हात्तिमुढा–८ निमुवामा रहेको  सरस्वती सदन निम्न माध्यमिक विद्यालयलाइ करिब १ करोडको विद्यालय भवन हस्तान्तरण गरेको छ । शुक्रबार राउन्ड टेबलले विद्यालयमा कार्यक्रमको आयोजना विद्यालयलाइ भवन हस्तान्तरण गरेको हो ।  सो अवसरमा विद्यालयलाई १६ कोठे दुई तले पक्की भवन र एकतले पक्की स्वास्थ्य केन्द्रको भवनसमेत हस्तान्तरण गरिएको थियो । भवनहरु राउन्ड टेवलका अध्यक्ष हरिवंश राठीले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अनिरुद्ध चौधरीलाई  भवनको साँचो र कागज पत्र हस्तान्तरण गरेका हुन । विद्यालय भवनको १ करोड १० लाख र स्वास्थ्य केन्द्र भवनको २० लाख रुपैयाँको लागतमा सो भवनहरु पाँचवर्षे योजनाको चार चरणमा निर्माण गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्