पाँच लाख रुपैयाँ भेटेर बुझाउने सिटी सफारी चालकलाई मोरङ ट्राफिकको विशेष सम्मान

<span class='c1'>पाँच लाख रुपैयाँ भेटेर बुझाउने सिटी</span> <span class='c2'>सफारी चालकलाई मोरङ ट्राफिकको विशेष सम्मान</span>

विराटनगर । सिटी सफारीमा छुटेको पाँच लाख रुपैयाँ इमान्दारितापूर्वक सम्बन्धित धनीलाई बुझाउने चालक जितेन्द्र चाम्लिङ राईलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विशेष सम्मान गरेको छ ।

गत कात्तिक १६ गते तिहारको समयमा मोरङको बुढीगंगा गाउँपालिका–१ सूर्यनगर टोलका ४३ वर्षीय राईले आफूले चलाउँदै आएको सिटी सफारीमा अपरिचित व्यक्तिको पाँच लाख रुपैयाँ भेटेका थिए । उनले उक्त रकम आफैँसँग नराखी इमान्दारितापूर्वक ट्राफिक प्रहरीलाई बुझाएका थिए ।

त्यसपछि मोरङ ट्राफिक प्रहरीले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत रकम हराएको सूचना सार्वजनिक गरेको थियो । सूचना सार्वजनिक भएको केही समयमै विराटनगर महानगरपालिका–४ निवासी ४७ वर्षीय गोपालकुमार मिश्र सम्पर्कमा आए । उनले आफ्नो दूध डेरीको रकम सिटी सफारीमा छुटेको जानकारी गराएपछि प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी रकम हस्तान्तरण गरेको थियो ।

राईको इमान्दारिताबाट प्रभावित मिश्रले उनलाई प्रोत्साहनस्वरूप नगद पाँच हजार रुपैयाँसमेत ट्राफिक प्रहरी कार्यालयमै हस्तान्तरण गरेका थिए । उनको यो कार्यको सामाजिक सञ्जालमा समेत व्यापक प्रशंसा भएको थियो ।

सोही इमान्दारिताको कदर गर्दै सोमबार बिहान विराटनगरमा आयोजित ‘सुरक्षित यात्रा’ अभियान शुभारम्भ कार्यक्रमको अवसरमा राईलाई विशेष सम्मान गरिएको हो । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० शेखर खनालले उनलाई कदरपत्र र खादा ओढाएर सम्मान गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेका अनुसार राईले उच्च इमान्दारिता, नैतिकता र मानवताको उदाहरण प्रस्तुत गरेका छन् । उनको कार्यले कुशल तथा जिम्मेवार चालकको परिचय दिनुका साथै समग्र सवारी चालकको छविसमेत उच्च बनाएको न्यौपानेले बताए ।

सम्मान कार्यक्रममा डीआईजी खनालले राईको प्रशंसा गर्दै अन्य सवारी चालकलाई पनि उनीजस्तै इमान्दार र जिम्मेवार बन्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

यसैगरी, सुनौलो पूर्व नेपाल यातायात प्रालिका अध्यक्ष राजन कँडेलको तर्फबाट राईलाई नगद ११ हजार १०० रुपैयाँसमेत प्रदान गरिएको थियो ।

सम्मानित भएपछि राईले आफ्नो इमान्दारिताको कदर गर्दै सार्वजनिक रूपमा सम्मान पाउँदा निकै गौरवान्वित महसुस भएको बताए । कार्यक्रममा सहभागी अन्य सिटी सफारी चालकहरूले पनि ताली बजाएर उनको सम्मानमा खुसी साट्दै हौसला प्रदान गरेका थिए ।

पाँच लाख रुपैयाँ भेट्दा लोभ नगरी सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने राईको यो कार्यले इमान्दारिता र नैतिकताको उदाहरण प्रस्तुत गरेको छ । उनको सम्मानले जिम्मेवार चालक बन्ने प्रेरणा अन्य सवारी चालकलाई समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्