वैज्ञानिक खेती प्रणालीका लागि प्राविधिक ज्ञान लिई व्यावसायिक खेती प्रणाली अपनाए थोरै लगानीले धेरै आम्दानी लिन सकीन्छ । थोरै लगानी र कम जमिनले समेत बढी आम्दानी लिन सफल देखिने गरेका छन् भाडाको जमिनमा तरकरी खेती गर्ने पौरखी कृषकहरु ।
विराटनगर उपमहानगरपालीका र आसपासका क्षेत्रहरुमा आफनो जमिन नभएपनि भाडाको जमिनमा मेहनती कृषकहरुले तरकारी खेती गरेर लोभलाग्दो आम्दानी गरिरहेका छन् । उनीहरुले काउली, वन्दाकोभी, वैगुन, भिण्डी, रायो र तोरीसाग, वोडी, करेला, खोर्सानी, धनियाँ पत्ता आदि तकारीहरु मौसम अनुसार खेती गर्नेगरेका छन् ।
थोरै लगानीवाट गर्न सके पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मानसिकत्तालाई चुनौतीदिन तरकारी कृषकहरु सफल भएको जिल्ला कृषिविकास कार्यालय मोरङका प्रमुख मनोज यादव वताउँनुहन्छ । विराटनगर ५ का कृषक भैयाराम स्वर्णकार एक मेहनती कृषक रुपमा ठहरिएका छन्
। उनले स्वदेशमै मेहनतगर्न सके लाखौ रुपैैया कमाउन सकिन्छ भन्ने उदाहरण व्यावसायिक तरकारी खेती गरेर चरितार्थ गरेका छन् । उनीजस्तै उदाहरण वन्नेहरु विराटनगरमा मात्रै दुई दर्जन जति किर्षकहरु छन् । केही वर्षअघि कृषक ्स्वर्णकारले १० कठा जमिन भाडामा लिएर व्यावसायिक
तरकारी खेती सुरुगरेको थिए । उनले यस वर्षमा सहजै ५ सात लाख रुपैया भन्दा बढि आम्दानी गर्नेगरेछन् । महेन्द्र मोरड क्यापस विराटनगरका प्राध्यापक डिल्ली पोखरेलको प्रेरणाबाट कृषक स्वर्णकारले २०५३ सालदेखी व्यावसायिक तरकारी खेती थालेका हुन । उनले उत्पादन गरेको तरकारी किन्न व्यापारिहरु खेतमै पुग्नेगरेका छन् । कृषक स्वर्णकारले भने , वजारको समस्या छैन , मेहनत गरे राम्रो फलाउन सकिनछ । सुरुमा एकलाख रुपैया ऋण लिएर जग्गा भाडामा लिई उनले काउली र वन्दा कोभीको व्यासायिक खेती थालेका हुन । उनी चारजना कामदार समेत राखि
तरकारीको खेती गरिरहनु भएको छ । यो वर्ष काउलीको भाउ राम्रो रहेको हुुनाले ५ लाख भन्दा वढि आम्दानी गर्ने वताउनुभयो ।
व्यावासायिक तरकारी खेती गर्नेहरुले तरकारी लगाउनुअघि कृषि प्राविधिकहरुसँग सल्लाह लिएर माटो समेत परिक्षण गराउनेगरेका छन् । उनिहरु उन्नत विउ र विषादी अनि मलको प्रयोगमा पनि निक्कै सचेतना अपनाउँछन् । उनलाई पहिलो व्यावासायिक तकारी खेतीवारे राम्रो ज्ञान थिएन । प्राविधीक ज्ञान नभएकाले पहिला उत्पादन नहुँदा खासै राम्रो कमाई समेत भएन । तर व्यावासायिक खेतीकालागि जिल्ला कृषी कार्यलय मोरङमा गइ प्राविधिक ज्ञान समेत लिनथालेपछि उत्पादनसँगै आम्दानी पनि वढेको स्र्णकारले बताउनुभयो । उनलाई ताजा तरकारी पठाउन विराटनगर वाहेकका शहरवजारहरुवाट पनि अर्डर (माग) आउने गरेको छ । काठमाण्डौवाट ५ हजार केजी राम्रो काउली व्यापारिहरुले पठाउनुभनेको छ , हेरौ पुरयाउन सक्छुकी सक्दिन ,, कृषक स्वर्णकारले वताउनुभयो । मङसिर , पुस र माघ महिनामा तराईमा काउली तरकारीको खेती राम्रो हुन्छ । यो वेला काउलीको खेती राम्ररी गर्नसके आम्दानी पनि राम्रो हुने स्वर्णकारको विश्वास छ । काउलीकै आम्दानीवाट उनले विराटनगर ६ मा १० धुर
जमिन समेत जोडिएको बताउनुभयो । काउलिको सिजन सकिएपछि कृषकहरुले अन्य तरकारी लगाउने गर्दछन् ।
भाडाको जमिनमा व्यावासायिक खेती गर्नेक्रम वढेपछि पर्ति (वाँझो) जमिन राख्नेहरुलाई पनि आम्दानी हुन थालेको छ । थोरै भएपनि आफनै ठाउँमा
तरकारीहरु व्यावसायिक रुपले उत्पादन हुन थालेपछि भारतवाट मात्रै आयात गर्नुपर्ने वाध्यता पनि कम भएको छ ।