उत्पिडित जातीय मुक्ति समाजको अन्तरक्रिय कार्यक्रम सम्पन्न

<span class='c1'>उत्पिडित जातीय मुक्ति समाजको</span> <span class='c2'>अन्तरक्रिय कार्यक्रम सम्पन्न</span>

मुलुक गणतान्त्रिक ब्यवस्थामा प्रबेश गरीसक्दा पनि जातीय भेदभाव अझै उस्तै भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल उत्पीडित जातिय मुक्ती समाजको मोरङ्ग क्षेत्र नम्बर ७ ले हात्तिमुढामा आयोजना गरेको संबिधानमा दलित बिषयक गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा समाजका मोरङ्ग अध्यक्ष जित नारायण सरदारले जातिय छुवाछुत अन्त्यका लागी सबैले प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै नेकपा एमाले क्षेत्र नम्बर ७ का अध्यक्ष राजन केसीले जातिय आधारमा भेदभाव गर्नेहरुलाई कार्बाही गर्नुपर्ने धारणा राख्नुभयो । बिभेद गर्नेहरु सामाजिक अपराधी भएको भन्दै उहाले दण्डहिनताका नाममा त्यस्ता जो कोहीलाई छुट दिन नहुने बताउनुभयो । कार्यक्रममा समाजका मोरङ्ग उपाध्यक्ष बिक्रम मंग्रान्ती,  क्षेत्रिय अध्यक्ष शम्भु हिमाङ्गमाङ्ग, समाजका पुर्ब मोरङ्ग अध्यक्ष ज्ञान कुमार परियार लगायतले बोल्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्