नेपालमा जातिय भेदभाव अझै कायम

नेपालमा जातिय भेदभाव अझै कायम

विराटनगर २८ कार्तिक । नेपालमा जातिय भेदभाव अझै कायम रहेको एक कार्यक्रमका वत्ताहरुले बताएका छन् । आइतबार विराटनगर टंकीसिनवारीमा उत्पीडित जातिय मुक्ति समाज मोरङ्गले आयोजना गरेको संविधानमा दलित विषयक एक दिने कार्यक्रमका वत्ताहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै समाजका जिल्ला अध्यक्ष जित नारायण सरदारले जात जातीको भेदभाव गर्ने जो कोहीलाई पनि कडा भन्दा कडा कारबाही गरिनु पर्नेमा जोड दिए । कार्यक्रममा नेकपा एमालेका क्षेत्र न ७ सदस्य रामनारायण राई, समाजका उपाध्यक्ष विक्रम बहादुर मंग्रन्तीलगायत विभिन्न बृद्धिजिवि, सरोकारवालाहरुले दलित र संविधानको  बारेमा प्रकाश पार्दै आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्