डा. रोका र व्यवसायी आचार्य सम्मानित

<span class='c1'>डा. रोका र</span> <span class='c2'>व्यवसायी आचार्य सम्मानित</span>

विराटनगर ३ मंसिर । न्युरो अस्पताल विराटनगरका वरिष्ठ न्युरो सर्जन डा. यम बहादुर रोका नेपाल बजारका सञ्चालक सुवास आचार्यलाइ सम्मान गरिएको छ । विराटनगर जेसिसले स्वास्थ्य र विज्ञानमा डा. रोका तथा उद्यम र व्यवसाय क्षेत्रमा व्यवसायी आचार्यलाई उल्लेख्य योगदान दिएको भन्दै सम्मान गरिएको हो । सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतीथी पुनरावेदन अदालत विराटनगरका न्यायधिस शिवराम यादवले सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए । विराटनगर जेसिसे मनाइरहेको जेसिस सप्ताहको समापनको अवसरमा जेसिस भवनमा आयोजित कार्यक्रमबिच उक्त सम्मान गरिएको हो सो अवसरमा जेसिस सप्ताह भरि भएका कार्यक्रमहरुमा उत्कृष्ठ कार्य गर्ने कार्यक्रम संयोजकलाई दिइने निमा अवार्ड अन्तीम दिनको कार्यक्रम संयोजक राजेन्द्र थपलीयालाई प्रदान गरिएको थियो ।
समापन तथा सम्मान कार्यक्रममा विराटनगर जेसिजका पुर्व अध्यक्ष सुन्दरराज मास्के, अन्तराष्ट्रिय जेसिजका पुर्व कार्यकारि उपाध्यक्ष सन्तोष रिजाल, कार्यक्रमकमा मुख्य संयोजक नवल प्रसाद उपाध्याय , उपाध्यक्ष टिपी आचार्य लगायतको उपस्थिती रेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्