नवरत्नको साधारण सभा सम्पन्न

नवरत्नको साधारण सभा सम्पन्न

विराटनगर, ४ मंसिर । नवरत्न बचत तथा ऋण सहकारी संस्थाको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । ज्येष्ठ सेयर सदस्य धिरानन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष महेन्द्र जंग कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रतिवेदन सार्वजनिक गर्दै ४ लाख सात हजार रुपैया, निक्षेप १३ लाख ८३ हजार र ऋण लगानी ३८ लाख ८० हजार चार सय रुपैया रहेको जानकारी दिएका थिए ।
सभामा धिरेन्द्र कुमार दास, भिष्म जंग कार्की, रविन नगरकोटि, कृष्ण दाहाललगायतको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्