निजि तथा आवासिय विद्यालयका शिक्षक कर्मचारी आन्दोलित

निजि तथा आवासिय विद्यालयका शिक्षक कर्मचारी आन्दोलित

विराटनगर, ४ मंसिर । निजि तथा आवासिय विद्यालय शिक्षक कर्मचारी युनियनले आफुले राख्दै आइरहेको मागहरुलाई वेवास्ता गरेको भन्दै प्याब्सन मोरङको पुनः एक पटक ध्यानाकर्षण गरेको छ । आइतबार युनियनले प्याब्सन मोरङलाई माग पत्र बुझाउदै यस्तो ध्यानाकर्षण गरेको हो ।
युनियनले शिक्षक कर्मचारीद्वारा निर्वाचित शिक्षकसहितको विद्यालय व्यवस्थापन समिति गठन हुनु पर्ने, शिक्षकलाई तलब मान खुलाई नियुक्ति पत्र दिनु पर्ने, सार्वजनिक विदाको दिन अनिवार्य विद्यालय बन्द गर्नु पर्ने लगायतका ६ बुँदे माग राखेका छन् । निजि तथा आवासिय विद्यालयका शिक्षक तथा कर्मचारीहरुको न्यायोचित मागहरुलाई तत्काल कार्यान्वयन गरिनु पर्ने युनियनका सचिव भुवन नेपालले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्