नेपालकै सबैभन्दा लामो हस्ताक्षर संकलन कार्यक्रम गरियो

नेपालकै सबैभन्दा लामो हस्ताक्षर संकलन कार्यक्रम गरियो

धरानमा नेपालकै सबैभन्दा लामो हस्ताक्षर संकलन कार्यक्रम हुने आशा गरिएको छ । रक्तसञ्चार केन्द्रबाट रगत लिदा लाग्ने शुल्कमा गरिएको चर्को बृद्धिको विरोधमा युथ फर ब्लड धरानले आयोजना गरेको एक हप्ते हस्ताक्षर संकलन कार्यक्रममा ४० मिटर कपडामा २० हजार भन्दा बढि व्यक्तिहरुले हस्ताक्षर गरेपछि यस्तो किर्तिमान कायम हुने आयोजकहरुले आशा व्यक्त गरेका छन् । धरानको वि धराने, दृष्टि नेपाल, संचालन, कोसिस समुह, धरान रन, डा पेस, मोडिफिकेसन धरानलगायत ९ वटा युवा समुह संलग्न रहेर युथ फर ब्लड धरानको नाममा एक हप्ते हस्ताक्षर संकलन कार्यक्रम गरिएको हो । युथ फर ब्लडले रगतको एक नेपालमा समान एक र न्युन सेवा शुल्क तोकिनु पर्ने, रक्त सञ्चार केन्द्रले आवश्यक सबै प्रविधिहरुको व्यवस्था गर्नु पर्ने, रक्तदाताहरुको नामावली व्यवस्थित तरिकाले सूचिकृत गर्नुपर्ने र रेडक्रसको आयव्यय पारदर्शि हुनु पर्ने माग अघि सारी देश व्यापि अभियान गरिरहेको छ । धरानमा युथ फर ब्लड धरानले मंसिर १३ गते देखि मंसिर १९ गतेसम्म धरानका विभिन्न स्थानहरुमा हस्ताक्षर संकलन आयोजना गरि ४० मिटर लामो कपडामा हस्ताक्षरहरु संकलन गरेको छ । यसरी हस्ताक्षर संकलन गर्दा २० हजार भन्दा बढि सर्वसाधारणहरुको हस्ताक्षर संकलित भएको दृष्टि नेपाल तथा युथ फर धरानकि बन्धना थापाले जानकारी दिइन । सोमबारनै युवाहरुको समुहले भानु चौकबाट संकलित हस्ताक्षरहरु र ¥याली सहित रेडक्रस सोसाइटिको जिल्ला शाखा पुगेर शाखाका सभापति बाशुदेव गौतम, मन्त्रि केशव श्रेष्ठ र उपकोषाध्यक्ष धर्मराज श्रेष्ठलगायतलाई आफ्नो मागहरु बारे पुनः ध्यानाकर्षण गरेका थिए । सो अवसरमा सभापति गौतमले आफुहरुले कर्मचारीहरुको तलब बृद्धि , आफ्नै छुट्टै भवन निर्माण गर्न र रक्तसञ्चार केन्द्र सञ्चालन गर्नका लागि सेवा शुल्क बृद्धि गर्नु परेको बताएका थिए । उनले धरानको मुल्य न्यायोचित भएको भन्दै क्षेत्रीय रक्तसञ्चार केन्द्र विराटनगरले गरेको मुल्य बृद्धि गलत भएको बताएका छन् । त्यसै गरि युवाहरुले रक्त तत्व छुट्टयाउने मेसिन २ वर्ष भन्दा बढि समयसम्म सञ्चालन नभएको बारे उठाएको प्रसंगमा सभापति गौतमले हालै चितवनमा मेकानिक भेटिएकोले अबको एक महिना भित्र मेसिन सञ्चालन हुने दाबी गरे । सहभागी युवाहरुले रेडक्रसले आफ्नो मागहरु तत्काल नसुने देशव्यापी अभियान सञ्चालन गर्ने बताए । सेवा शुल्कबारेको अभियान अन्तर्गत नै युथ फर ब्लडले चाँडैनै प्रधानमन्त्रिलाई इमेल गर्ने कार्यक्रम राखेको युथ फर ब्लडका टंक चौलागाईले जानकारी दिए । रगतको सेवा शुल्कमा बृद्धि भएपछि विराटनगरमा एक पिन्ट रगतको एक हजार दुइ सय बिस रुपैया र धरानमा सात सय रुपैया बिरामीले तिर्नु परिरहेको छ । अभियानरत संस्थाहरुको अनुसार रक्तसञ्चार केन्द्रको एक पिन्ट रगतको लागत भने ४०० रुपैया भन्दा कम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्