डल बहादुर बाबाको निधनः दाहसंस्कारमा भारत-नेपालका २० हजार शिष्य उपस्थित

डल बहादुर बाबाको निधनः दाहसंस्कारमा भारत-नेपालका २० हजार शिष्य उपस्थित

रंगेली, २० मंसिर । मोरङको अमरदह ३ सुँगा बजारमा ४० वर्ष अघि देखि बस्दै आएका महर्षि परमहम् जी महाराज डल बहादुर बाबाको ८८ वर्षको उमेरमा निधन भएको छ । उनको १९ गते सोमबार बिहान ४ः४० बजे सिलिगढिमा उपचार गराउने क्रममा ब्रेन ह्याम्ब्रेज भइ  निधन भएको हो । उनको पार्थिव शरिर मंगलबार रंगेली स्थित सुँगा बजारमा ल्याइएको थियो । सुँगा बजारमा नेपाल भारतका स्थानहरुबाट आएका उनका शिष्यहरुले रक्तचन्दन,बेल, शिरिषले उनको शरिरको दाहसंस्कार गरेका थिए । उनको दाहसंस्कारमा भारत र नेपालका २० हजार भन्दा बढि शिष्यहरु भेला भएका थिए । उनलाइ उनको उत्तरअधिकारी रमानन्द बाबाले दागबत्ति दिएका थिए । परमहम् जी महाराजको जन्म काभ्रेपलान्चोक जिल्लामा भएको थियो । उनको बुबाको नाम धनबहादुर मगर र आमाको नाम मायावति रहेको उनको एक शिष्यले बताए । उनी भारत र नेपालका विभिन्न स्थानमा चर्चित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्