जुनेली युवा क्लब २-१ गोलले बिजय

जुनेली युवा क्लब २-१ गोलले बिजय

रंगेली, २० मंसिर । उराव झागड समिति बबियाबिर्ता र सामुदायिक मेलमिलाप केन्द्रको संयुक्त आयोजनामा जारी मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार जुनेली युवा क्लब हाट खोला र श्री कृष्ण युवा क्लब सुनसरी विचको खेलमा जुनेली युवा क्लबले २–१ गोलले जीत हासिल गरेको छ । जीतका लागि जुनेली युवा क्लबका उमेश खड्काले २ गोल गरे भने श्री कृष्ण युवा क्लबका लागि सञ्जय चौधरीले १ गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत नै आज बुधबारको खेल थलाह ६ र दोमहाना क्लब विच हुने प्रतियोगिता संयोजक सन्तलाल खवासले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्