रंगेली, २३ मंसिर । मोरङको दादर बैरियमा भइरहेको मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता अन्तर्गत बिहिबारको खेलमा जनआदि युवा क्लब सुनसरीले बोराबाघलाई १–०ले पराजित गरेको छ ।
प्रतियोगिताको १५औं मिनेटमा जनआदिका सोनेलाल उरावले १ गोल गर्दै आफ्नो टिमलाई निर्णायक विन्दुमा पुर्याएका थिए ।
आज शुक्रबारको बिरानियाँ र भौडाहाका बिच खेल हुने आयोजक समितिका अध्यक्ष सन्तलाल खवासले बताए ।