तालिमपछि महिलाको जीवनस्तरमा सुधार

तालिमपछि महिलाको जीवनस्तरमा सुधार

घरेलु तथा साना उद्योग कार्यालय विराटनगरले गरिबी निवारणका लागि सामाजिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरेपछि विराटनगरका महिलाहरुको जीवन स्तरमा सुधार आएको छ ।
उद्योगले दिएको अगरबती, बुटिक, सिलाई कटाई र मैनबत्ती बनाउने आधारभुत तालिममा सिकेको शिपलाई व्यवहारमा उतारेपछि विराटनगरका महिलाहरुको आय आर्जन गर्न सफल भएका हुन् ।
समाजमा बढेको बेरोजगारी समस्याले यूवा जमात विदेशिरहेको बेला स्वदेवमा नै बसेर आफनो शिप र दक्षताको सही सदुपयोग गर्न सके राम्रो आम्दानी गर्न सकिने उदाहरण तालिम लिएका महिलाहरुले दिएका छन् । विराटनगर ५ का फुलदेवी महतोले घरमै बसेर मैनबत्ती उत्पादन गरी राम्रो आम्दानी गरिरहेको बताउनु भयो ।
व्यापरिहरुले बनाएकै ठाउँमा आएर मैनबत्ती खरिद गरिदिने भएकोले गृहिणिी महिलाहरुले घरको कामबाट बचेको समय त्यसमा खर्चने गरेका छन् । मैनबत्ती बनाउने चाहिने कच्चा पर्दाहरु पनि स्थानीय स्तरमा नै उपलब्ध हुने तथा बनाउन पनि कुनै झन्झट नहुने भएकोले महिलाहरु त्यसमा आकर्षित भएका हुन् ।
घरेलु तथा साना उद्योग कार्यालयले विराटनगरले विराटनगरका ४९ जना महिला र पुरुषलाई प्रदान गरेको शिपमुल तालिममा सहभागीमध्ये दुइ दर्जन महिलाहरुले सिकेको शिपलाई सदुपयोग गरिरहेको बताइएको छ । कार्यालय प्रमुख तिर्थप्रसाद धितालले तालिम लिएका महिलाहरुले मासिक ५ हजार रुपैयाँभन्दा बढि आम्दानी गरिरहेको जानकारी आएको बताउनु भयो ।
तलिम लिने मध्येका एक उद्यमशील महिला सुजता पासवानले मैनबत्ती बनाएर खर्च कटाई मासिक ५ हजार रुपैयाँ आम्दानी हुने गरेको बताउनु भयो । दिपावाली पर्वको समयमा त मासिक १५ हजार रुपैयाँसम्म कमाई भएको उहाँले जानकारी दिनुभयो । घरेलु तथा साना उद्योग कार्यालयले दिएको एक हप्ते आधरभुत तालिम गृहिणी महिलाहरुको लागि बरदान नै सावित भएको पासवानको भनाई छ ।
पहिले घरमा नुन, तेल किन्न र छोराछारीको कापी कलमको जोहो गर्न समस्या हुने गरेकोमा तालिममा सिकेको शिपलाई व्यवहारमा प्रयोग गरेपछि सहज भएको महिलाहरु बताउँछन् । आफूले यसरी कमाएको पैसाबाट घरको खर्च चलाएर समस्या पर्दा साथीभाईलाई सहयोग गर्नसक्ने अवस्थामा महिलाहरु पुगेका छन् ।
मैनबत्ती बनाउनको लागि धागो, डाई, प्लाष्टिक, मैनको कच्चा पदार्थ र चक्कु भएमा व्यवसाय सञ्चालन गर्न सकिने बताइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्