रंगेली, २३ मंसिर । मोरङको दादर बैरियमा भइरहेको मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा साइनो स्पोर्टिङ क्लब बिरनियालाई ३–१ गोलको अन्तरले चामुण्डा स्पोर्टिङ क्लब भौडाहाले हराएको छ । जितका लागि साइनो क्लबका रमेश मुडियारी, तिलक मुडियारी र गगन मुडियारीले १–१ गोल गरेका थिए भने बिरनियाका रामनारायण खवासले १ गोल गरे । खेलको म्यान अफ दि म्याच साइनोका राम नारायण खवास भएका छन् । भोली शनिवारको खेल आयोजक र बेहलवा क्लब बिच आयोजना हुने आयोजक समितिका अध्यक्ष सन्तलाल खवासले बताए ।