मोजमस्तीको पैसा बालबालिकालाई

मोजमस्तीको पैसा बालबालिकालाई

 ‘कतिमा पढ्छौ ?’ उसले टाउको हल्लाउदै नपढ्ने बतायो । हेर्दा ९ देखि १० वर्षको बालक करण ऋषिदेवले त्यसो भनि रहदा विराटनगर–१६ स्थित बखरी माविको छेउमै रहेको ऋषिदेव वस्तीमा केहि स्टेशनरी सामाग्री सहयोग गर्न पुगेका युवाहरु छक्क परे । त्यसरी पुग्ने युवाहरु मध्ये प्रायले सानै उमेर देखि पढ्न गएको अनुभव बटुलेका थिए ।
जन्मदिन वा अन्य कुनै खुसिको समयमा साथीहरुलाई पार्टि वा रमाइलो गरेर सकाउने रकमको सहि सदुपयोग गर्न विराटनगरका युवाहरुले छुट्टै उपाय निकालेका छन्, गरिब तथा अवसरबाट बञ्चित बालबालिकाहरुलाई शैक्षिक सहयोग गर्ने । युथ फर ब्लड नामक समुहमा आवद्ध ति युवाहरुले बखरीका करिब ३० जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन् । फेसबुकको पेजबाट सामाजिक कार्यमा लागेको समुह युथ फर ब्लडको ‘दिगो विकासका लागि शिक्षा’नामक फेसबुक कै अभियान अन्तर्गत उनीहरुले उक्त शैक्षिक सामाग्री वितरण गरेका हुन् । शिक्षा अनि सुचना प्रविधिमा पहुँच पुगेका ति युवाहरुले यसैको सुरुवात गर्नका लागि पहिलो खुड्किलोका रुपमा बखरीको वस्ती छनौट गरिएको सुनाउछन् सोहि समुहका युवा सुरज सुवेदि ।  उनले भने ‘केहि समय अघि मतदाता शिक्षाको तालिम दिन यस क्षेत्रमा आउदा यहाँको अवस्था देखेर केहि गर्नु पर्ने लागेको थियो, अहिले गर्ने अवसर पाइयो’ ।
साता दिन अघि जन्मदिन मनाएका उक्त समुहका सदस्यहरु सुबुना बस्नेत, नताशा शर्मा र सुवाष कार्कीको जन्मदिनलाइ छुट्टै रुपमा मनाइएको उनीहरुले बताए । ‘यस कार्यमा हामीलाई केहि अन्य साथी तथा अग्रजहरुले पनि सहयोग गरेका छन्’ सुबुनाले सुनाइन् । आगामी दिनहरुमा पनि सबैको सहयोग रहे यसरी नै अन्य कार्यक्रमहरु पनि ल्याइरहने उनले बताइन् । यसरी समाजमै पसेर स्वयमसेवा गर्दा आफुहरुलाई थप उर्जा मिल्ने गरेको सहयोगी युवाहरुले विचार व्यक्त गरे । उनीहरुले शैक्षिक सामाग्री वितरण गर्नका साथै अभिभावकहरुलाई बालबालिकालाई विद्यालय पठाउन प्रेरित समेत गरेका थिए ।
सुचना प्रविधिको प्रयोग गर्दै काठमाडौंको विभिन्न युवा समुहहरुले पनि यसरीनै शिक्षा क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्