टिनएज लभ

टिनएज लभ

आई लभ यू ! मुआ !!
    एउटी समकक्षी किशोरीको इनबक्स खोतल्दा भेटाएको म्यासेज हो यो । उनका अभिभावकसँग पनि राम्रो चिनापर्ची भएकैले होला शुरुमा त मोवाइल झट्ट खोसीन् तर बिस्तारै भने मज्जैले खुल्दै गईन् । भर्खर प्लसटुको अध्ययनको क्रममा रहेकी उनको दैनिकी यहि/यस्तै म्यासेजबाट शुरु हुन्छ रे! दिनभरिमा त कति हो कति ! ब्याईफ्रेण्ड भन्दा पनि ड्रिम लभर भन्न रुचाउने उनी आफ्नो कलेजमा औलामा गन्न सकिने केहि बाहेक सबै विपरीत लिंगीप्रति आशक्त भएकै कुरा गर्छिन् । ( अर्थात उनकै शब्दमा सबै रीलेसनसीपमा छन् ) ।
    हिजोआज प्लसटुहरुमा ’लभ टे«ण्ड’ अति नै फस्टाएको छ । अनि यी उमेर समुह सबै साथीसंगीमाझ आफुलाई सबल देखाउनकै लागी भएपनि गर्लफ्रेण्ड वा ब्वाईफ्रेण्ड बनाउने प्रचलन बढ्दो छ(मानौ यो अभ्यास पनि उनीहरुको शैक्षीक पाठ्यक्रमकै एक अंश हो) । ”अफेयर” ”डेटिङ्ग” “ब्रेक अप ” “प्रपोज” अत्याधिक प्रयोग हुने शब्द हुन प्लसटु किशोरकिशोरीका । कतिपय भर्खरै एस एल सी पश्चात प्लसटु टेकेका किशोरकिशोरीहरु लभ गर्ने स्वतन्त्रताकै रुपमा बुझ्दछन् कलेजको नीतिगत खुकुलोपनलाइ । प्रेमको भावनात्मक अर्थ समेत नवुझ्ने कतिपयले प्रपोज, डेटिङ्ग अनि मोवाईल टेक्सट् मार्फत मायाका उक्ति साटासाट गर्दै आफु समेत प्रेममा परेको भन्न रुचाउँछन् ।
    टिनएज लभ सामान्य भएको छ । प्लसटुहरु चाहि यसलाई साह्रो टाउको दुखाइको बिषय मान्छन् । किशोरकिशोरीहरुले मरिहत्ते हालेर भएपनि यस संस्कृतिलाइ अनुसरण गर्ने अनि कलेज प्रसाशन र अभिभावक जुनै मुल्य चुकाएर भए पनि यसको बिरुद्ध उत्रनै पर्ने अहिलेको परिदृश्यले अचम्मको प्लसटु बातावरण निर्माण भएको छ । विश्लेषकहरु भने यसलाई स्वाभाविक किशोरकिशोरीमा देखापर्ने हार्मोनल परिवर्तनकोे प्रतिफल मान्छन् । किशोरावस्थाको अलि बढि भावनात्मकपन, संवेदनशीलता अनि चञ्चलपनले समान सोचाई अनि ब्यक्तित्व भएका बिपरित लिङ्गी नजिकिनु सामान्य मान्नु पर्दछ । तर जे सुकै पनि टिनएज लभ गर्ने टिनएजरहरुको यसप्रति भने अत्याधिक आशक्ति पाइन्छ । यो अवस्थाको प्रेम कत्तिको सफल, टिकाउ अनि बास्तविक हुन्छ भन्ने आ–आपm्नै धारणा पाईन्छ । कोवासका अभिषेक कोईरालाका अनुसार किशोरावस्थाको प्रेम शारीरिक आकर्षण मात्रै हो , टिनएजको उत्तराद्धमा आइपुग्दा आफ्नो प्रेम सफल नभएको चर्चा गर्दै उनी यसलाई सामाजिक खुकुलोपनको उपज मान्छन् । डेटिङ्गमै भेटिएका आशिष ( जो उनीलाइ पहिलो चोटि देख्दैमा माया बसेको बताउँछन् ) आफ्नो सफल प्रेमको उदाहरण दिदै (छेउमै रहेकी उनकी प्रेमिका मुसुक्क हाँस्छिन् ) उनी सँगै जीवन बिताउने सपना देखेको अनि आफ्ना सबै कुरा सुनाउने मित्र भेटेको कुरा गर्छन । तर, अधिकांश भने प्रेम र शारिरीक आकर्षणको अन्तर खुट्याउन नसक्ने तर्क गर्छन् ।
    उता कलेज प्रशासनलाई भने बेकामको टाउको दुखाइको बिषय भएको छ यो । कक्षाकोठामै , कलेज चौरीमै निस्फिक्रि हाँसीमजाक गर्दै बसेका टिनएजर जोडीलाई ठाडै दोषारोपण पनि गर्न नसकिने कुरा गर्छन कतिपय उच्च माध्यमिकका शिक्षकहरु । पढ्नमा भन्दा यस्ता चक्करमा रुमल्लिन थालेका कारण बिगतको तुलनामा अहिलेको शैक्षिकस्तर घटेको कुरा उठाउदा अर्किड कलेजकी रुजु फएल भने कड्किदै यस्ता कुराले पढाईमा ब्यवधान पु¥याउँदैन भन्छिन् । अरनिकोकी एन्जिला भने अरु साथीहरु जोडी भएर जिस्किदै हिडेका देख्दा आफुलाई पनि रहर लाग्ने तर पढाई बिग्रेला कि भनेरै यस्ता कुराहरु अहिले सोच्तिनन रे ! ( छेउमा रहेका अन्य साथीहरु भने उनले यसो भन्दा उनलाई पढनदास भनेर जिस्काउँदै थे !) हामीमाझ सर्वाधिक लोकप्रिय रहेको सामाजिक सञ्जाल फेसबुक, मिग, अनि युवायुवतीका हातहातमा पुगेको मोवाइल फोनले घण्टाघण्टामा आफ्ना प्रियसीलाई ”आई लभ यु“ भन्दै टेक्सट् अनि फोन गर्न सघाएको छ जसले टिनएज लभ संस्कृति थप बलियो हुदै गइरहेको छ ।
    देखासिकी अनि फेसनकै रुपमा भएपनि आज समग्र प्लसटु युवायुवतीहरु आफनो नामसँगै अरुको नाम जोडिएको सुन्न रुचाउँछन । कतिपय अवस्थामा भने टिनएज देखिको प्रेम सफल हुदै बिवाहसम्म पुगेको उदाहरण पनि भेटिए तर यसैका आधारमा सवै जाडिलाई मापन गर्न भने मिल्दैन । राम्रो केटिलाई धेरैले प्रपोज गर्ने , तर शारीरिक रुपमा अलि नराम्रीलाई त्यासो नगर्ने तर्क गर्दै आवरणीय सौन्दर्यसँग मात्रै टिनएजरको प्रेम सीमित भएको बिश्वास राख्ने पनि उत्तिकै छन् ।
    पाश्चात्य प्रभावको रुपमा भित्रिएको यो प्रचलनका अनुयायी आफ्नो प्रेम सत्य रहे वा नरहेको पत्ता नपाई टिनएज गुजे्रको पाउँछन् । अनि कतिपयले भने यसकै चक्करमा लाग्ने हुदा आफनो शैक्षिक पाटो सफल बनाउन नसक्दा करियर नै बिगार्न पुग्छन , जसतर्फ टिनएज लभ गर्ने हरुले होस पु¥याउन आवश्य छ । कतिपयले भने टिनएज लभलाई “पप्पी लभ” को संज्ञा समेत दिन पछि पर्दैनन् । वास्तवमै टिनएज लभ गर्नेहरुले आफुले त्यक्तिकै समय बर्बाद गरिरहेको हो कि भन्ने पनि बिचार गरौं है ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्