नियोटेरिक क्यान इन्फोटेक अन्तिम चरणमा

नियोटेरिक क्यान इन्फोटेक अन्तिम चरणमा

सूचना प्रविधिको भव्य मेलाको रुपमा विराटनगरमा हुन लागेको नियोटेरिक क्यान इन्फोटेक २०११को सम्पुर्ण तयारी पुरा भएको छ । यहि पुस ८ देखि ११ गतेसम्म विराटनगर मेनरोडस्थित जैन भवनमा आयोजना हुने उक्त इन्फोटेकबारे जानकारी दिन आज साँझ पत्रकार सम्मेलन गर्दै आयोजकहरुले सो कुरा सार्वजनिक गरेका हुन् । विराटनगरका ३ दर्जन पत्रकारहरु सम्मिलित पत्रकार सम्मेलनमा बोल्दै इन्फोटेकका संयोजक निर्मल तामाङले इन्फोटेक आयोजनाको लागि सबैले लगातार गरेको सहयोगका कारण इन्फोटेकको सपना साकार हुन लागेको बताए । इन्फोटेकमा सूचना प्रविधिका सामाग्रीहरुको खरिद विक्रिका साथै जानकारी तथा सेवामुलक अन्य पाँच इभेन्ट्स समेत आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । जस अन्तर्गत सुचना तथा सञ्चार प्रविधिको विशेष प्रदर्शनी, सूचना प्रविधिको विभिन्न क्षेत्रमा भइरहेको प्रयोग र विशेषताहरु बारेको सेमिनार,नयाँ नयाँ प्रविधिहरुबारे जानकारी दिने खालका प्रोडक्ट डेमो, थ्रिडि गेमको मज्जा लिने तथा प्रविधि खेलको प्रतियोगिता गराउने उद्देश्यका साथ गेमिङ जोन, प्रविधिको क्षेत्रमा भएका रोजगारको अवसरका लागि जब फेयरलगायतका इभेन्ट रहेका छन् । इन्फोटेकका मिडिया संयोजक राजन लम्सालका अनुसार यस इन्फोटेकलाई व्यापारिक क्रियाकलापमात्र हैन आम सर्वसाधारणका लागि जानकारीमुलक तथा उपलब्धीमुलक बनाउन यस्ता प्रकारका इभेन्टहरु समावेश गरिएको हो । यस इन्फोटेकमा इतिहासदेखि कम्प्युटर प्रविधिमा आएका परिवर्तनलाई प्रदर्शनी गर्नका लागि नेपालको इतिहासमै पहिलो पटक कम्प्युटर संग्रहालयको व्यवस्था समेत गरिएको छ । संयोजक तामाङका अनुसार सो संग्रहालयमा एबाकसदेखि काठको कभर भएको ५० केजीको पुरानो कम्प्युटर , ५.१को फ्लपि डिस्क र नयाँ प्रविधिका सामाग्रीसम्मको प्रविधि समेटिने छ । त्यसै गरि पत्रकार सम्मेलनमा बोल्दै क्यान मोरङका अध्यक्ष सन्तोष दाहालले विराटनगरका कम्प्युटर तथा सुचना प्रविधिको क्षेत्रमा लागेका व्यापारी, युवा तथा सर्वसाधारणको समग्र सहयोगमा मात्र यति ठुलो कार्यक्रम हुन सम्भव भएको बताएका छन् । उनले आफुहरुले यसको आयोजनाको क्रमलाई आगामी वर्षहरु समेत निरन्तरता दिने बताए । पत्रकार सम्मेलनमा नियोटेरिक नेपालका जिबेन्द्र झा, मेगाटेकका निर्देशक सुजन थापा, पल्लवी इन्टरप्राइजेजका निर्देशक स्याम राठि, टेक्नो कमर्सियल इम्पेक्सका निर्देशक सुसिल रेग्मी, विराट इन्फोटेकका निर्देशक प्रकाश राजभण्डारी, जिविस मोरङका कार्यक्रम अधिकृत महेन्द्र खड्का, विराटनगर उपमहा नगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख अर्जुन थपलियालगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्