जाडोमा कठ्याङग्रीएर ६ जनाको मृत्यु

जाडोमा कठ्याङग्रीएर ६ जनाको मृत्यु

 एक सातादेखि बढेको अत्यधिक चिसोका कारण सप्तरी र मोरङमा दुई बालिकासहित ६ जनाको मृत्यु भएको छ । चिसोले कठ्याङ्ग्रिएर सप्तरीको महदेवा–३ का २० दिने शिशु रुपाकुमारी मण्डल र ब्रम्हपुर–८ का १ वर्षीय बालिका सम्झना चौधरीको मृत्यु भएको हो ।
सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको अस्पताललाई उदृत गर्दै पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ । त्यस्तै सप्तरीको मलेकपुर–५ का ५० बर्षीय सिताराम यादवको चिसोका कारण मृत्यु भएको छ । शनिबार राति खाना खाएर घरमा सुतेका यादवको चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको पुर्व क्षेत्रीय प्रहरी कार्यलय विराटनगरले
जनाएको छ । यसैगरी शनिबार सप्तरीको काचन–५ निवासी ५५ वर्षीया देवकीदेवी साहको
चिसोका कारण कठ्याङ्ग्रिएर घरमै मृत्यु भएको परिवारजनले जानकारी दिएको छ । केही दिन पहिले सिराहा घर भई अध्ययनका लागि राजविराज ५ मा डेरा गरी बस्ने विद्यार्थी प्रमोद चौधरीको चिसोले मृत्यु भएको थियो । यता मोरङको पथरीमा शनिबार राति चिसोले कठ्याङ्ग्रीएर एक अपाङ्गता भएका
व्यक्तिको मृत्यु भएको छ । मधेषी मूलका ती व्यक्तिलाई पथरी १ स्थित सडक किनारमा स्थानीयले मृत फेला पारेका हुन् । उनको चिसोले कठ्याङ्ग्रीएर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्